प्रेमनारायण आचार्य
अर्घाखाँची २ फागुन । पलास्टिकका भाडाको अत्यधिक प्रयोग र बढ्दो शहरीकरणले परमपरागत माटोका भाडा बनाउने कुमाले जातीको पुख्र्यौली पेसा संकटमा परेको छ।
अर्घाखाँचीको सदरुमुकाम सन्धिखर्क लगायत जिल्लाका बिभिन्न क्षेत्रमा आदिबासीको रुपमा रहेका यस जातीका मानिस अहिले मजदुरी कृषि र अन्य पेसामा आकषिर्त भएका छन्।
माटोको भाडा बनाएर पुस्तौ देखि यहि पेसावाट जीबिकोपार्जन गर्दै आएका जिल्लाका सन्धिखर्क, डिभर्ना, बल्कोट र चिदिका लगायत गाविसका एक सय भन्दा बढि कुमाल परिवारको पुख्र्यौली पेसा अहिले संकटमा छ ।
सन्धिखर्क ७ का बसन्त बहादुर कुमाल भन्छन् ‘पलास्टिकका भाडाको बढ्दो प्रयोगले बाबु बाजेले गर्दै आएको पुख्र्यौली पेसा संकटमा परेको हो । हप्तामा पाच सात डोका भाडा बिक्री हुनेमा अहिले हप्तामा दुई तिन वटा पनि हुन छाडेका छन्।
माटोवाट बनाईएका भाडा शुद्ध-सफा र आकर्षण हुने भएपनि यसको एका एक प्रयोग घट्नुमा पलास्टिकका भाडाको अधिक प्रयोग गर्नुनै प्रमुख भएको कुमालेहरु बताउन्छन् । माटोवाट बनाउने घैटो, हाडी, हर्पे , खुत्रुके, धुपाउरो र रक्सी पार्ने पैनी आदि बनाउने भएपनि अहिले माटाको सामान प्राय बिरलै पाईन्छन् ।
माटाको भाडा वनाउन जयादै मिहिनेत लाग्छ धेरै समय लगाएर हामिले एउटा सामान बनायो हामिले बेच्ने भाडा भन्दा सस्तो मुल्यमा बजारमा पलास्टिकका भाडा पाईने गर्दछन् । अब पेसानै बनद हुने भयो कुमालेहरु बताउन्छन् । अर्घाखाँचीका सयौ घरपरिवारमा गरिदै आएको यो ब्यबसाय अब दुई चार घरका बुढापाकामा मात्र सिमित भएको छ ।
पहाडको फ्रीज भनेर चिनिने माटोका गाग्रा अहिले ब्रि्री हुनै छाडेको छ । माटोका भाडा चाडै फुट्ने , र फुटेको भाडालाई पुन मर्मत गर्न नसकिने भएकाले यसको बिक्री बितरण हुन छाडेको उद्योगबाणिज्य संघका सचिब नेत्रप्रसाद भुसालले बताए ।