भाडाको कोट



– भीम बहादुर बस्नेत
अर्घाखाँची,  नेपाल
हाल दोहा कतार

 

————————-
मेरो साथिको बिहेमा जान
भनी ल्याएको भाडाको कोट    

राखेन मेरो  इज्यत त्यसले
पनी दुनियाँले देखाए खोट


पीर पर्न थाल्यो मनमा
लाग्यो  ठुलो  चोट


एउटा नयाँ कोट बनाई
छाड़ने गरें मैले अठोट   


देबी देउता पूजा गरी
दाहिने पारी पीपलको बोट


धन कमाउन आयं  म
सपनाको सुन्दर शहर भोट  


मेरो कर्म नै खोटो भए
पछि कसलाई दिउं दोष


पसीना बगाई कमाएको  
पैसामा भेटियो जाली नोट