मेक्सिकोमा अज्ञात बन्दुकधारी समूहले अन्धाधुन्द गोली चलाउँदा कम्तिमा आठ जनाको मृत्यु

मेक्सिकोको राजधानी मेक्सिको सिटीको उपनगरिय क्षेत्रमा बन्दूकधारीहरुको समुहले जताभावी गोलि चलाउँदा ८ जनाको मृत्यु भएको छ।

 

उत्तरी मेक्सिकोमा लागु औषध तस्करीसँग आवद्ध हिंसामा बृद्धि भैरहेको बेला सो घटना भएको हो। प्रहरीले मेक्सिको सिटीमा तस्करहरुले आफ्नो कारोबारलाई विस्तारित गर्दै गैरहेको हुनाले पछिल्लो समयमा उनीहरुको चलखेलमा बृद्धि भएको जनाएको छ। मारिनेहरुमा १६ देखि २५ वर्षबीचका युवा रहेका छन्।

 

प्रत्यक्षदर्शीका अनुसार ३ वटा कारमा आएका बन्दूकधारीले कारबाट नै गोली वर्षाउन शुरु गरेका थिए। मारिनेहरुमा २ महिला र ६ पूरुष रहेका छन्। सो घटना लागु औषध तस्कर समुहले नै गराएको अनुमान प्रहरीको रहेको छ। राजधानीमा नै यस प्रकारको घटना भएकाले मेक्सिको सिटीवासी त्रसित बनेका छन्।