चीनले जपानलाई पछि पार्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र ओगट्ने क्रमलाई निरन्तरता दिएको छ। सन् २०१० को अन्तसम्ममा जापानको अर्थतन्त्र ५ दशमलव चार खर्व डलर रहेको बताइएको छ। तर सोही अवधीमा चीनको अर्थतन्त्र ५ दशमलव शून्य आठ खर्व डलर रहेको छ।
सो अवधीमा जापानको निर्यात ब्यापार र उपभोक्ता मागमा गिरावट आएको बताइएको छ।
यद्यपी सोही अवधीमा चीनको उत्पादन क्षेत्रसँग जोडिएका उद्योग एवं कम्पनीले राम्रो नाफा गरेका छन्।
विश्लेषकहरु चीनको यही गतिको आर्थिक बृद्धि दर कायम राखेमा एक दशक भित्रमा चीन अमेरिकालाई समेत उछिन्ने बताएका छन्। अहिले चीनको अर्थब्यवस्था १० दशमलव शून्य तीन प्रतिशतको गतिले अघि बढिरहेको छ।