बिज्ञापन रद्य गर्ने सहमति भएपछि पाणिनी बहुमुखी क्याम्पसको ताला खुल्यो

-प्रेमनारायण आचार्य


सन्धिखर्क ३ फागुन – बिज्ञापन रद्य गर्ने सहमति भएपछि अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा नेपाल बिद्यार्थी संघले लगाएको ताला आज खुलेको छ ।

क्याम्पस प्रशासनले क्याम्पसको आबस्यक्तालाई नहेरि राजनितिक रुपमा प्रकृया नपुराइ नेपालि बिषयको शिक्षक नियुक्ति गर्न लागेको भन्दै नेबिसंघले क्याम्पसमा हिजो सोमवार तालाबन्दी गरेको थियो ।


क्याम्पस ब्यबस्थापन समिति , क्याम्पस प्रशासन र नेबिसंघबिच भएको र्सबपक्षिय बैठकमा बिज्ञापन रद्य गर्ने सहमति भएको नेबिसंघका गणेश भण्डारीले जानकारी दिनु भयो ।




अन्य समाचारहरु