होन्डूरसमा भएको विमान दुर्घटनामा एक मन्त्रीसहित चौध जनाको मृत्यु भएको छ। ब्यापारिक प्रयोजनको सानो यात्रुवाहक विमान तटिय सहर शानपेड्रो सूलाबाट राजधानी तेगुसिगाल्पाको लागि उडान भरेको केही क्षणमै दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु हुनेमा एक यातायात उपमन्त्री रोडोल्फो रोबेलो, पूर्व अर्थमन्त्री कार्लोस चेइन र मजदूर संगठनका नेता इजरेल शालिनानास जर्ज कास्टेल्लानोस रहेको बताइएको छ।
दूर्घटनाको कारणवारे अनुसन्धान भइरहेको जनाइएको छ। घना बन क्षेत्रमा दूर्घटना भएकोले उद्धारमा कठिनाइ भएको छ।