इरानका विपक्षी प्रदर्शनकारीको समर्थनमा रहेको अमेरिकाद्वारा स्पष्ट

अमेरिकाले आफू इरानका विपक्षी प्रदर्शनकारीको समर्थनमा रहेको स्पष्ट पारेको छ। इरानको राजधानी तेहरानमा सोमबार सरकार विरोधी भएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गरेपछि अमेरिकी विदेशमन्त्री हिलेरी क्लिन्टनले इरान सम्बन्धमा अमेरिकाको पछिल्लो धारणा सार्वजनिक गरेकी हुन।

 

क्लिंटनले अधिकार प्राप्तिको इरानी जनताको लडाईंलाई त्यहाँको सरकारले सम्मान गर्नुपर्ने पनि बताएकी छिन्। इरान सरकारले त्यहाँको राजनीतिक प्रक्रियामा सुधार गर्नुपर्ने क्लिन्टनको भनाइ थियो। सोमवार राजधानी तेहरानको मध्य भागमा भएको सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। दर्जनौ घाइते भएका छन्। सुरक्षाकर्मीले दर्जनौ प्रदर्शनकारीलाई गिरफ्तार गरेका छन्।

 

गिरफ्तारीमा पर्नेमा विपक्षी नेता, कार्यकर्ता पनि रहेको बताइएको छ। विरोध प्रदर्शनलाई ध्यानमा राख्दै सरकारले मोबाइल फोन र इन्टरनेट सेवा बन्द गरेको छ। त्यस्तै, केही विपक्षी नेतालाई उनीहरुकै घरमा नजरबन्द गरिएको बताइएको छ।