सत्र वर्षे किशोरीसँग यौन सम्बन्ध राखेको आरोप लागेका इटालीका प्रधानमन्त्री बर्लेस्कोनीलाई अदालतमा उपस्थित हुन आदेश


 

कम उमेरकी केटीसँग पैसा तिरेर यौन सम्बन्ध राखेको आरोप लागेका इटालीका प्रधानमन्त्री सिल्भियो बेर्लेस्कोनी अदालतमा उपस्थित हुनु पर्ने भएको छ। न्यायाधिसहरुले सत्ताको दुरुपयोग गरेको र कम उमेरकी केटीसँग यौन सम्बन्ध गरेको अभियोगमा प्रधानमन्त्री बर्लेस्कोनीविरुद्ध अदालती कारवाही शुरु गर्न आदेश दिएका छन्।

 

प्रधानमन्त्री बेर्लेस्कोनीले भने सत्र वर्षीय किशोरी करिमा एल माह्रोगसँग यौन सम्बन्धका लागि पैसा तिरेको भनि लाग्दै आएको आरोपको ख48डन गर्दै आएका छन्। ती किशोरीलाई प्रहरी हिरासतबाट मुक्त गराउनका लागि शक्तीको दुरुपयोग गरेको भन्ने अभियोगलाई पनि उनले अस्वीकार गर्दै आएका छन्। तर बेर्लेस्कोनीले चोरीको अभियोगमा प्रहरी नियन्त्रणमा रहेकी करिमालाई छुटाउन प्रहरीलाई टेलिफोन गरेको भने स्वीकार गरिसकेेका छन्। रुवी नामले चिनिने हाल अठार वर्षकी ती युवतीले पनि प्रधानमन्त्रीसँग यौन सम्बन्ध राखेको आरोप अस्वीकार गर्र्दै आएकी छन्।

 

तर आफूले प्रधानमन्त्रीबाट उनले आयोजना गरेको पार्टीमा नौ हजार चार सय डलरको उपहार पाएको उनको भनाइ छ। न्यायाधिसहरुले आगामी छ अप्रीलमा बेर्लेस्कोनी विरुद्धको अदालती सुनुवाई शुरु गर्ने तिथि तोकेका छन्।