बहराइन भएको सरकारविरोधी प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। बहराइनमा सोमवारबाट सरकारको विरोधमा हजारौ विपक्षी प्रदर्शनकारी एवं सर्वसाधारणले र्याली निकालेका छन्। मूल्य बृद्धि, भ्रष्ट्राचार र बेरोजगारीका कारण सरकारको विरोधमा प्रदर्शन गर्नुपरेको प्रदर्शनकारीले जनाएका छन्।
प्रदर्शनकारीहरुको र्यालीमाथि प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शन हिंसात्मक बनेको बताइएको छ। उता यमनमा पनि सरकारविरोधी प्रदर्शन जारी रहेको छ। हालै मात्र ट्यूनिशिया र इजिप्टमा भएको सरकारविरोधी प्रदर्शन सफल भएपछि बहराइन, यमन र अल्जेरिया लगायतका उत्तरी अफि्रकी र अरव राष्ट्रहरुमा सरकारको विरोधमा प्रदर्शन हुन थालेका छन्।