अन्तर्राष्ट्रिय नेपाली एकता समाजको अपिल
केन्द्रीय कार्यलय काठमाण्डौ
प्रेस वक्तव्य
सम्पर्क
००९१-९४५१२३०५३४
००९७४-६६१३१९२०
००९७७-१६६३६८०३
हालैको केही दिन देखि खाडी राष्ट्र बहाराईनमा आन्दोलन भईरहेको र त्यहाँ कार्यरत नेपाली समुदायलाई पनि त्यसको असर पर्न सक्ने संम्भावना रहेको हुदाँ त्यहा कार्यरत सम्पूर्ण प्रवासी नेपालीहरुलाई सचेत र सजग रहनुका साथै आफ्नो देशको कुटनैतिक नियोग तथा सामजिक संघ संस्थाहरुको निकट वा सम्पर्कमा रहन र आफुलाई असुरक्षीत महसुस भएमा तत्काल जानकारी गराई दिनका लागि हार्दिक अनुरोध गर्दछौ । साथै नेपाल सरकारलाई पनि त्याहाँ घटन सक्ने कुनै पनि घटना प्रति सचेत रहदै आफ्नो नागरीकको सुरक्षाको लागि विषेश ध्यान पुर्याई दिनको लागि हार्दिक अनुरोध गर्दछौ ।
१७-०२-२०११
राजेन्द्र श्रेष्ठ
महासचिव