उत्तरी अफि्रकी राष्ट्र लिवियामा देशब्यापी रुपमा फैलिएको सरकारविरोधी प्रदर्शनकाक्रममा प्रदर्शनकारी र सुरक्षकर्मीविच भएको भिडन्तमा परी कम्तिमा २ जनाको मृत्यु भएको छ।
भिडन्तमा १० सुरक्षा अधिकारीसहित ३८ जना घाइते भएका छन्। प्रदर्शनकारीहरुले लिवियाका शाशक कोलोनेल मूआम्मार गद्दाफीको ४१ वर्षे शाशनको अन्त्यको माग गर्दे प्रदर्शन गरेका हुन्। यसैगरी अरव राष्ट्र यमनमा पनि सरकार विरोधी प्रदर्शन जारी रहेको छ। यमनमा भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भिडन्त हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य दर्जनौ घाइते भएका छन्। उता प्रदर्शनका कारण बहराइन तनावग्रस्त बनेको छ।
हालै मात्र ट्यूनिशिया र इजिप्टमा सरकार विरोधी प्रदर्शनले त्यहाका लामो समयसम्म शाशनमा स्थापित शाशकलाइ ढालेपछि उत्तरी अफि्रकी र अरव राष्ट्रमा सरकार विरोधी प्रदर्शन तिव्र बनेको हो। विश्लेषकहरुका अनुसार यी मुलुकहरुमा सरकारले आर्थिक र सामाजिक सुधार गर्न नसकेका कारण आम नागरिक आफ्ना शाशकहरुबाट दिक्क बनेर प्रदर्शनमा उत्रिएका हुन्।