भारत उडिसा राज्य अर्न्तगत मलकानगिरी जिल्लाका प्रमुख आर भिनील कृष्णाको अपहरणको विषयमा त्यहाँको विधानसभामा विवाद उत्पन्न भएको छ। बुधवार अपहरणमा परेका जिल्ला प्रमुख कृष्णालाई त्यहाँ सक्रिय माओवादी लडाकूले अपहरण गरेको भारतीय सुरक्षा श्रोतको दाबी छ। दुर्गम गाउँमा एक कार्यक्रम सकेर फर्कदै गरेका कृष्णालाई माओवादीले अपहरण गरेको बताइएको छ।
उडिसा राज्यका मुख्य मन्त्री नबीन पटनायकले अपहरणमा परेका जिल्ला प्रमूखको खोजी अभियान जारी रहेको बताएपनि विपक्षीहरुले प्रशासनको काम प्रति असन्तुष्टी ब्यक्त गरेका छन्। मोटरसाइकलमा आएका माओवादीले तिन जना अधिकारीसँग यात्रामा रहेका कृष्णालाइ अपहरण गरेको जानकारी भारतीय सञ्चार माध्यमहरुले दिएका छन्। माओवादीले बन्दीगृहमा राखिएका आफ्ना सदस्यहरुलाइ अड्चालीस घ48टा भित्र रिहा गर्नु पर्ने शर्त सहितको हस्तलिखित पत्र तिन जना अधिकारीहरुलाई दिएको पनि समचारमा उल्लेख छ। गरिब जनताको अधिकार लागि युद्ध गरेको दाबी गर्ने माओवादी र भारतीय सुरक्षाकर्मी बीच विगत देखि नै विभिन्न राज्यमा भिडन्त हुदै आएको छ।
जिल्ला प्रमूख कृष्णा बदापडा गाउँमा आयोजित जनसम्पर्क कार्यक्रममा भाग लिएर फर्कने क्रममा अपहरणमा परेको बताइएको छ। मलकानगीरी माओवादी प्रभावित जिल्ला मध्ये एक हो। माओवादी प्रभावित क्षेत्र पहाडी र घनाजंगल रहेका कारण माओवादीलाइ आफ्नो शिविर र सुरक्षाकर्मी विरुद्धको अभियान अगाडि बढाउन सहज भएको बताइन्छ। अपहरणमा परेका तीस वर्षिय कृष्णा सोह्र महिना अघि मात्र मलकानगीरीको जिल्ला प्रमूखमा नियुक्त भएका थिए। सन् दुइ हजार नौमा पनि माओवादीले बंगालका एक प्रहरी निरीक्षकको अपहरण गरेका थिए। प्रधानमन्त्री मनमोहन सिंहले माओवादी विद्रोह भारतकोे आन्तरिक सुरक्षाका लागि सवैभन्दा ठुलो चूनौति रहेको बताउदै आएका छन्।
भारत सरकारले माओवादी विरुद्ध माओवादी प्रभावित राज्यमा सन् दुइ हजार नौको ओक्टोबर यता बृहद कारबाही अभियान जारी राखेको छ। अपरेशन ग्रिन हन्ट नाम दिइएको सो कारबाही अभियानमा पचास हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।