ताञ्जानियाको राजधानी दारे सलमस्थित हतियार भण्डारमा श्रृंखलाबद्ध विष्फोटन हुँदा कम्तिमा बत्तीस जनाको मृत्यु भएको छ। गोंगोलो मोब्टो सैनिक आधार शिविरमा केही घण्टा सम्म विष्फोट भएको थियो।
विष्फोटबाट उछिट्टिएका टुक्राहरु टाढा टाढा पुगेको र हाल सम्म बत्तीस जनाको मृत्यु भएको पुष्टी सैन्य श्रोतले गरेको छ। यसैबीच स्थानिय प्रशासनले राजधानी स्थित विमानस्थल बन्द गरेको छ भने सर्वसाधारणलाई घर भित्रै बस्न सुझाव दिएको छ।
विहीबार विहान सम्म विष्फोटका कारण तेइसबटा हतियार भण्डार सहित केही घर र विद्यालय ध्वस्त भइसकेको छ।