बीस मुलुक समूहका अर्थ मन्त्रीहरुको सम्मेलनमा विश्व अर्थतन्त्रको असन्तुलनको विषयबारे छलफल गरिने

बीस मुलुक समूहका अर्थ मन्त्रीहरु र केन्द्रीय बैंकका गभर्नरहरुको सम्मेलन आज अठारदेखि उन्नाईस तारिखसम्म फ्रान्सको पेरिसमा आयोजना हुँदैछ। विश्व अर्थतन्त्रको असन्तुलन कसरी सुव्यवस्थित पारेर र हटाएर अर्थतन्त्रको सशक्त, दिगो, सन्तुलित बृद्धि साकार हुने भन्ने विषयमा मुख्यतःछलफल गरिनेछ।

 

              विश्व अर्थतन्त्रको असन्तुलनको समस्या धेरै वर्षसम्म रहेको छ। बीस मुलुक समूहका सदस्य मुलुकहरुको अर्थतन्त्रको नाफा र घाटाबीचको अन्तर सन् 1998को पाँच खर्ब असी अर्ब अमेरिकी डलरबाट बढेर सन् 2007 मा पच्चीस खर्ब अमेरिकी डलर पुगेको थियो। सन् 2008मा अन्तर्राष्ट्रिय बैकिङ संकट उत्पन्न भएपछि अर्थतन्त्रको असन्तुलन अवस्था शिथिल भएको तर सन् 2009 पुनःगम्भीर भएको थियो।

 

                फ्रान्सका अर्थ, तथा रोजगार मन्त्री क्रिस्टिन लागार्डले पत्रकार सम्मेलनमा विभिन्न सदस्य मुलुकले अर्थतन्त्रको असन्तुलन अवस्था उत्पन्न भएपछि समन्वयात्मक कदम चालेर असन्तुलन हटाउनका लागि बीस मुलुक समूहका अर्थ मन्त्रीहरु र केन्द्रीय बैंकका गभर्नरहरुको सम्मेलनमा विश्व अर्थतन्त्रको असन्तुलनसम्बन्धी श्रृङ्खलाबद्ध सूचीहरुबारे मतैक्य हुने आशा फ्रान्सले लिएको कुरा बताउनुभयो।