डार्फुरमा भएको शान्तिको अवसर साकार पार्ने तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हिजो सुडानको दक्षिणी डार्फुर राज्यको सदरमुकाम न्यालामा आयोजना भएको छ। उक्त सम्मेलनमा सहभागी प्रतिनिधिहरुले कतारको राजधानी दोहामा आयोजित डार्फुरको शान्ति वार्ताको समर्थन दिनुका साथै डार्फुर क्षेत्रको सरकारविरोधी संगठनसँग शान्ति वार्ता प्रक्रियामा संलग्न हुन आव्हान् गर्नुभयो।
डार्फुरस्थित संयुक्त राष्ट्र संघ र अफ्रिकी संघको विशेष मण्डलका प्रमुख इब्राहिम गाम्बारीले उक्त सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा उक्त सम्मेलनमा सुरक्षा, राजनैतिक प्रक्रिया, मानवअधिकारको स्थितिबारे छलफल गरिएको र उक्त सम्मेलनमा सहभागी प्रतिनिधिहरुले डार्फुरको शान्ति प्रक्रियाको निरन्तर रुपमा समर्थन दिने कुरा बताउनुभयो।
डार्फुर समस्यासम्बन्धी रुस, क्यानाडा, फिन्ल्यान्ड, चीन, जापानआदि मुलुकहरु र संयुक्त राष्ट्र संघ, अरब लिग, अफ्रिकी संघ, युरोपेली संघ आदि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनका प्रतिनिधिहरु उक्त सम्मेलनमा उपस्थित हुनुहुन्थ्यो।