काठमाडौ – छिट्टै रिस उठ्छ भने सचेत हुनुस् । यो मुटु रोगका कारणबाट पनि हुन सक्छ । पिट्सवर्ग विश्वविद्यालयका अनुसन्धानकर्ता जुडिथ कैरोलका अनुसार यो नयाँ अनुसन्धानले बढी तनावको स्थितिमा मानिसलाई स्वास्थ्यसम्बन्धी समस्या किन हुन्छ भन्नबारे जानकारी दिन्छ ।
ब्रेन, बिहेभियर एन्ड इम्युनिटीमा प्रकाशित अनुसन्धानअनुसार मध्यम आयु-वर्गको स्वस्थ व्यक्तिलाई प्रयोगशालामा भिडियो क्यामेरा र जज प्यानलसमक्ष भाषण दिन लगाइयो । यो समय उनीहरूको शारीरिक गतिविधिलाई सूक्ष्म अवलोकन गरियो । पछि उनीहरूसँग त्यो भाषण दिने क्रमका भावनाबारे सोधियो ।
अनुसन्धानकर्ताले पाए के पाए भने तनावपूर्ण कुरा गर्दा धेरैजसो व्यक्तिको मुटुको चाल र रक्तचाप बढ्छ । केही व्यक्तिमा जलनको समस्यासमेत देखाए । पिट्सवर्ग विश्वविद्यालयका मनोवैज्ञानिक एवं नर्सिङ विभागका एसोसिएट प्राध्यापक अन्ना मार्सल्यान्डका अनुसार स-साना चुनौतीको सामना गर्दा