बीस मुलुक समूहका अर्थ मन्त्री तथा केन्द्रिय बैंकका गभर्नरले हिजो पेरिसमा विश्वमा आर्थिक असन्तुलन सूची बनाउने विषयबारे मतैक्य प्राप्त गरेका छन्।
दुइ दिनसम्म चलेको बीस मुलुक समूहका अर्थ मन्त्री तथा केन्द्रिय बैंकका गभर्नर सम्मेलनमा सहभागी विभिन्न पक्षहरुले सिउल शिखर सम्मेलनपछि प्राप्त प्रगतिबारे छलफल गर्नुका साथै बहुपक्षीय सहयोगको प्रवर्द्धन तथा आर्थिक अति असन्तुलित अवस्थालाई लचिलो पार्ने कुरामा जोड दिए।
उक्त सम्मेलनपछि सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा सहभागी विभिन्न पक्षले बीस मुलुक समूहको प्रारुपमा अर्थतन्त्रको बलियो, दिगो तथा सन्तुलित बृद्धिको लागि सम्बन्धित नीतिको परिवर्तन गर्ने इच्छा व्यक्त गरे।
उक्त सम्मेलनमा सहभागी चिनियाँ प्रतिनिधि स्ये स्यु रनले हिजो सम्बोधन गर्दै विभिन्न मुलुकले आपसी सहयोगलाई सबल पार्दै अन्तर्राष्ट्रिय बजारलाई विस्तारित पार्नुको साथसाथै स्वदेशी बृद्धिको निहित शक्तिलाई खोज्नुपर्नेमा जोड दिनुभयो। साथै उहाँले कुनै किसिमको संरक्षणबादको विरोध गर्दै अन्तर्राष्ट्रिय व्यापार तथा लगानीलाई अघि बढाउने प्रस्ताव पनि प्रस्तुत गर्नुभयो।