उत्तरी अफ्रिकी र मध्य पूर्वका मोरोक्को, यमन, बहराइन लगायतका कयौ देशहरुमा सरकार विरोधी प्रर्दशनहरु जारी, लिबिया नरसंहारमा दुई सयको मृत्यु
फाल्गुन १० गते, २०६७ मा प्रकाशित
उत्तरी अफि्रकी र मध्य पूर्वका कयौ देशहरु मोरोक्को, यमन, बहराइन लगायतमा सरकार विरोधी प्रर्दशनहरु एवम हिन्सा जारी छ।
– लिबियामा जारी सरकारविरोधी प्रदर्शनमा आइतबारमात्र एक सयभन्दा बढीको मृत्यु भएको छ । लिबियामा योसहित मर्नेको संख्या दुई सय नाघेको छ । मौमर अल गद्दाफीको चार दशक लामो शासन अन्त्यको माग गर्दै बेङ्गाजीमा केन्द्रित प्रदर्शनमा कम्तिमा ९ सय घाइते भएको चिकित्सकहरुले जनाएका छन् । हृयुमन राइट्स वाचले प्रदर्शन सुरु भएयता १ सय ७३ जनाको मृत्यु भएको दाबी गरेको छ । एक चिकित्सकले लिबियामा प्रदर्शनकारीमाथि भएको दमनलाई ‘नरसंहार’ भनेका छन् । शनिबार जस्तै आइतबार पनि गद्दाफीको कम्पाउण्ड नजिकै प्रदर्शनकारी पुगेपछि सुरक्षाकर्मीले गोली चलाएको जनाइएको छ । त्यहाँ फेसबुक, अल जजिराको अरबेयालगायत इन्टरनेट समेत बन्द गरिएको छ ।
उत्तर अफि्रकी राष्ट्र लिवियामा सरकार विरोधी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले मेशिन गन र मोर्टार बम हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। प्रदर्शनका कारण लिबियाको दोस्रो ठूलो शहर बेनघाँजी सवै भन्दा बढी प्रभावित भएको छ। बेनघाजीमा प्रदर्शनकारीहरु माथि प्रशासनले व्यापक दमन गरेको छ।
यो शहरमा कम्तिमा १५ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्। लिबियामा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीविच भएको भिडन्तमा हालसम्म कम्तिमा १ सय ७३ जनाको मृत्यु भएको मानव अधिकारवादी संघ संस्थाहरुले जनाएका थिए।
प्रदर्शनलाइ ध्यानमा राख्दै सरकारले देशको कतिपय ठाउहरुमा इन्टरनेट सेवा र विद्युत् सेवा अवरुद्ध गरेको छ। लिवियामा दशकौदेखि शाशन गर्दै आएका नेता मूआम्मर गद्दाफीको राजिनामाको माग गर्दै प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरेका हुन्।
छिमेकी मुलुक ट्यूनिशिया र इजिप्टमा सरकार विरोधी प्र्र्र्रदर्शनले ती राष्ट्रहरुमा लामो समयसम्म शासन गरेका शाशकलाइ सत्ताच्यूत गरेपछि लिविया लगायत उत्तरी अफि्रकी र मध्य पूर्वका केही राष्ट्रहरुमा सरकार विरोधी प्रदर्शनले तिव्रता पाएको छ।