उत्तरी अफ्रिकी र मध्य पूर्वका कयौ देशहरुमा सरकार विरोधी प्रर्दशनहरु जारी, लिवियामा गद्दाफीका छोराले सुरक्षाकर्मीद्वारा गल्ति भएको स्विकार
फाल्गुन १० गते, २०६७ मा प्रकाशित
लिवियामा दशकौदेखि शासन गर्दै आएका नेता मूआम्मर गद्दाफीका छोरा सेइफ अल इस्लाम गद्दाफीले सुरक्षाकर्मीद्वारा गल्ति भएको स्विकार गरेका छन्। उनले सरकारी टेलिभिजनमा बोल्दै लिवियामा राजनीतिक, आर्थिक र सामाजिक सुधारको प्रतिबद्धता समेत गरेका छन्।
लिवियाको बेनघाँजी शहरमा सरकार विरोधी प्रदर्शनका क्रममा आम संहार भएको स्थानिय चिकित्सकहरुले बताएका छन्। सो शहरमा सुरक्षाकर्मीले शान्तिपूर्ण प्रदर्शनमा रहेका प्रदर्शनकारीलाई निर्ममतापूर्वक दमन गरेको उनीहरुले बर्णन गरेका छन्। चिकित्सकहरुका अनुसार बेनघाँजी शहरमा मात्र २ सय भन्दा बढी मानिसको मृत्यु भएको छ भने ९ सय भन्दा बढी घाइते छन्। प्रदर्शनका क्रममा मृत्यु भएकाहरुको अन्त्येष्टि समारोहमा सरकार विरोधी र्यालीमा उत्रिएका सर्वसाधारणलाई सुरक्षाकर्मीले मेसिन गन र मोर्टार बम प्रहार गरी आक्रमण गरेको बताइएको छ। बेनघाँजी लिवियाको दोस्रो ठूलो शहर हो।
प्रदर्शनकारीले नेता मूआम्मर गद्दाफीको राजिनामाको माग गर्दै विरोध प्रदर्शन गरिहेका छन्। देशका प्रमुख शहरहरुमा सुरक्षाकर्मी र प्रदर्शनकारीविच भएको आइतवारको भिडन्तमा मात्र सयौ मानिसको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। प्रदर्शन राजधानी टि्रपोलीमा पनि शसक्त बनेपछि देश पूर्ण रुपमा तनाव र हिंसामा परिणत भएको छ।
उत्तरी अफ्रिकी र मध्य पूर्वका मोरोक्को, यमन, बहराइन लगायतका कयौ देशहरुमा सरकार विरोधी प्रर्दशनहरु जारी, लिबिया नरसंहारमा दुई सयको मृत्यु
उत्तरी अफि्रकी र मध्य पूर्वका कयौ देशहरु मोरोक्को, यमन, बहराइन लगायतमा सरकार विरोधी प्रर्दशनहरु एवम हिन्सा जारी छ।
– लिबियामा जारी सरकारविरोधी प्रदर्शनमा आइतबारमात्र एक सयभन्दा बढीको मृत्यु भएको छ । लिबियामा योसहित मर्नेको संख्या दुई सय नाघेको छ । मौमर अल गद्दाफीको चार दशक लामो शासन अन्त्यको माग गर्दै बेङ्गाजीमा केन्द्रित प्रदर्शनमा कम्तिमा ९ सय घाइते भएको चिकित्सकहरुले जनाएका छन् । हृयुमन राइट्स वाचले प्रदर्शन सुरु भएयता १ सय ७३ जनाको मृत्यु भएको दाबी गरेको छ । एक चिकित्सकले लिबियामा प्रदर्शनकारीमाथि भएको दमनलाई ‘नरसंहार’ भनेका छन् । शनिबार जस्तै आइतबार पनि गद्दाफीको कम्पाउण्ड नजिकै प्रदर्शनकारी पुगेपछि सुरक्षाकर्मीले गोली चलाएको जनाइएको छ । त्यहाँ फेसबुक, अल जजिराको अरबेयालगायत इन्टरनेट समेत बन्द गरिएको छ ।
उत्तर अफि्रकी राष्ट्र लिवियामा सरकार विरोधी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले मेशिन गन र मोर्टार बम हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। प्रदर्शनका कारण लिबियाको दोस्रो ठूलो शहर बेनघाँजी सवै भन्दा बढी प्रभावित भएको छ। बेनघाजीमा प्रदर्शनकारीहरु माथि प्रशासनले व्यापक दमन गरेको छ।
यो शहरमा कम्तिमा १५ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्। लिबियामा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीविच भएको भिडन्तमा हालसम्म कम्तिमा १ सय ७३ जनाको मृत्यु भएको मानव अधिकारवादी संघ संस्थाहरुले जनाएका थिए।
प्रदर्शनलाइ ध्यानमा राख्दै सरकारले देशको कतिपय ठाउहरुमा इन्टरनेट सेवा र विद्युत् सेवा अवरुद्ध गरेको छ। लिवियामा दशकौदेखि शाशन गर्दै आएका नेता मूआम्मर गद्दाफीको राजिनामाको माग गर्दै प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरेका हुन्।
छिमेकी मुलुक ट्यूनिशिया र इजिप्टमा सरकार विरोधी प्र्र्र्रदर्शनले ती राष्ट्रहरुमा लामो समयसम्म शासन गरेका शाशकलाइ सत्ताच्यूत गरेपछि लिविया लगायत उत्तरी अफि्रकी र मध्य पूर्वका केही राष्ट्रहरुमा सरकार विरोधी प्रदर्शनले तिव्रता पाएको छ।