उत्तर कोरिया तेस्रो आणविक परिक्षणका लागि तत्पर रहेको गणतन्त्र कोरियालको भनाई

गणतन्त्र कोरियाली गुप्तचर विभागबाट प्राप्त जानकारीअनुसार, हाल प्रजातान्त्रिक जन गणतन्त्र कोरिया उत्तरी हाम्ग्योङ्ग प्रान्तको किल्चु गुन प्रदेशमा अवस्थित पुन्ग्गेरी आणविक परिक्षण स्थलमा केही भूमिगत बाटो खनिरहेको छ। ती भूमिगत बाटोलाई सम्भवत: आणविक परिक्षणमा प्रयोग गरिनेछ।

                         गणतन्त्र कोरियाको संयुक्त समाचार समितिले हाल गणतन्त्र कोरिया सरकारका सूत्र व्यक्तिको भनाईलाई उद्धृत गर्दै जनाएअनुसार, उत्तर कोरियाले त्यसअघि अर्थात् सन् 2006 को अक्टोबर र सन् 2009को मे महिनामा दुईपटक गरी आणविक परिक्षण गरेको थियो। गणतन्त्र कोरियाली सैन्य पक्षले उत्तर कोरियाले यस वर्ष तेस्रो आणविक परिक्षण चलाउने र सुदुर-दूरीको क्षेप्यास्त्रको प्रक्षेपण गर्ने सम्भावना रहेको ठहर लिएको छ ।