धरापमा पर्‍यो जिन्दगानी ( गजल,गीत )


– भिम बहादुर बस्नेत
बागी ८ अर्घाखाँची,नेपाल
हाल दोहा कतार
—————————


बारी  बिग्रियो  कुना  कानी
छोरी  गाउँमा  हिदने  बानी



भन्थे  उहिले  बुढा  पाकाले
छोरा  बिग्रियो  जानी जानी



नानी  देखीको  बानी  हजुर
म  त  पिउँछु  छानी  छानी



तेजे, बिरे अनगिन्ती नाम
हेर्दा  दुरुश्त  सङ्लो   पानी



मासु , चटनी  साथी  चाहिने
चुरोटको  धुवा  तानी   तानी



सोध्छे के चाहियो मस्की मस्की
भत्टि  पसल  कि  सानी   नानी



ऊ  सँग   जिस्किएर   पीइयो
रक्सी , सरी  धाराको   पानी



मात्तियर   उसलाई   समाउँदा
झन्डै   भैइयन्  जेल   चलानी



कैयौं  पल्ट  बाटो  मै  सुतियो
यो  रक्सीको  जातै   बेइमानी



लौन  बताई  दिनुहोस  उपाय
धरापमा  पर्‍यो   जिन्दगानी