संयुक्त राष्ट्र संघीय वातावरण आयोगले हिजो 22 तारिखका दिन भारत सन्2011को विश्व वातावरण दिवसको आयोजना गर्ने मुलुक भएको सार्वजनिक गरेको छ। यो भारतले विश्व वातावरण दिवस सम्बन्धी कार्यक्रम आयोजना गर्न लागेको पहिलो पटक हो।
संयुक्त राष्ट्र संघका उप महा सचिव अचिम स्टाइनरले विश्व वातावरण दिवस मनाएदेखि यी करिब 40 वर्षमा भारतले सधैं नै र विशेष जोडतोडसित यस विषय र दिवसलाई मान्दै आएको र त्यसकारण भारत यसको आयोजना गर्ने मुलुक बनेको कुरा एकदमै सही भएको बताउनुभएको छ।