त्रिपोली शहर एवम पश्चिमी लीबियामा आफ्नो नियंत्रण राख्न शासक कर्नल गद्दाफ़ीको संघर्ष जारी, पूर्वी इलाका प्रदर्शनकारीहरुको कब्जामा
फाल्गुन १३ गते, २०६७ मा प्रकाशित
त्रिपोली शहर एवम पश्चिमी लीबियामा आफ्नो नियंत्रण राख्न शासक कर्नल गद्दाफ़ीको संघर्ष जारी छ । जबकि प्रदर्शनकारीहरुले पूर्वी इलाकामा आफ्नो पकड़ मज़बूत गराएका छन।
यसका साथै लीबियाबाट विदेशीहरु पलायनको सिलसिला जारी छ। चीन, अमेरिका एवम कयौ यूरोपेली देशहरुले आफ्ना नागरिकहरुलाई लीबियाबाट निकाल्नको लागि विमान एवम समुद्री जहाज़ पठाइरहेका छन।
लीबियामा १० लाख भन्दा बढी अफ़्रीकी आप्रवासीहरु काम गर्दछन जो वहाँ फसेका छन ।
उता अफ़्रीकी यूनियनले लीबियामा प्रदशनकारीहरुको विरुद्द भएको व्यापक हिसात्मक दमन एवम बलप्रयोगको कडा निंदा गरेको छ ।
यस अघि लिवियाका नेता मूआम्मार गद्दाफीले सरकारी टेलिभिजनमा बोल्दै कुनै पनि हालतमा पद नत्याग्ने घोषणा गरेका छन।
नेता मूआम्मार गद्दाफीले एक क्रांतिकारी हुँ, राष्ट्रपति होइेन भन्दै आफ्नै देशमा सहिद भएर मर्ने जस्ता अनेकौ भनाइहरु आफ्नो ७५ मिनेट लामो सरकारी टेलिभिजनमा बोल्दै उक्त कुरा व्यक्त गरेका छन ।
संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले लिबियाको परिस्थितिबारे जरुरी बैठकको आयोजना गरी तत्काल हिंसात्मक गतिबिधि बन्द गर्न र सर्वसाधारणको उचित माँगको समाधान गर्न लिबिया सरकारलाई आह्वान गरेको छ।
सुरक्षा परिषद्को वर्तमान अध्यक्ष तथा संयुक्त राष्ट्र संघका लागि ब्राजिलका आबासीय प्रतिनिधि मारिया लुइजा भिओट्टीले सुरक्षा परिषद्का सदस्यहरुको तर्फबाट लिबियाको परिस्थितिमा निकै ध्यान दिनुका साथै हिंसात्मक गतिबिधिको पनि निन्दा गर्नुभयो। साथै सयौं सर्वसाधारणको मृत्यु भएकोमा खेद लागेको पनि उहाँले बताउनुभयो।
यसका अतिरिक्त, सुरक्षा परिषद्ले धीरतालाई कायम राखी मानव अधिकार तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनी-प्रस्तावको सम्मान गर्न लिबियाको सत्तारुढ प्रशासनलाई पनि आव्हान गरेको छ।
उता लिवियामा प्रदर्शनकारीहरुले नेता गद्दाफीको राजिनामाको माग गर्दै विरोध प्रदर्शन जारी राखेका छन्। देशब्यापी रुपमा फैलिएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीविच भएको भिडन्तमा सयौ मानिसहरुको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। प्रदर्शन राजधानी टि्रपोलीमा पनि शशक्त बनेपछि देश पूर्ण रुपमा तनाव र हिंसामा परिणत भएको छ।
केहीदिनदेखि छिमेकी मुलुक ट्यूनिशिया र इजिप्टमा सरकार विरोधी प्र्र्र्रदर्शनले ती राष्ट्रहरुमा लामो समयसम्म शाशन गरेका शाशकलाइ सत्ताच्यूत गरेपछि लिविया लगायत उत्तरी अफि्रकी र मध्य पूर्वका केही राष्ट्रहरुमा सरकार विरोधी प्रदर्शनले तिव्रता पाएको छ।