शोकमा नीजि विद्यालय बन्द (तस्बिर सहित)

सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची आवासिय उच्च माध्यमिक विद्यालयका शिक्षक तथा प्याब्सनका जिल्ला सचिव रामचन्द्र ज्ञवालीको निधनले जिल्ला शोकमग्न छ ।

 

 

 

हृदयघातका कारण विहीबार विहान उनको आफनै घरमै ज्यान गएको थियो । अर्घाखाँची शैक्षिक गुठीका सस्थापक सदस्य समेत रहका ज्ञवाली विगत ३० वर्ष देखी शिक्षण पेशमा संलग्न रहदै आएका छन ।

 

जिल्लाकै एक शैक्षिक व्यक्तित्व गुमाउनु परेको भन्दा प्याब्सनले जिल्लाका करिब ७० वटा नीजि विद्यालयहरु शोकमा विहीबार बन्द गरिएको छ ।

 

 

 

४९ वर्षका ज्ञवाली कुलश शिक्षक मानिन्छन । जिल्लामा नीजि विद्यालय खोल्न ठुलो पहल गरेको प्याब्सनको ठहर रहको छ । ज्ञवाली एक असल र कुशल शिक्षकसँगै जिल्लाकै चिर्चित शिक्षक भएको र विद्यार्थीका लागि अति प्यारा शिक्षक भएकाले जिल्लालाई ठुलो क्षति भएको प्याब्सनका जिल्ला अध्यक्ष चन्द्रमणि पाण्डेले बताए ।

 

समाज सेवी समेत रहेका खाचिकोट गाबिस वार्ड न-  6 घर भई हाल खाचिकोट वार्ड न- ४ को मर्काको मुख गच्छे बस्ने स्वर्गीय ज्ञवाली नेकपा एमालेका जिल्ला बुद्दिजिवी परिसद सदस्य पनि हुन ।

 

 

 

ह्दयघातबाट निधन भए लगतै उनको शरीर जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । साथै त्यहाँ उपस्थित जनमानसले उनको पार्थिब शरीरमा रित तथा फुलमाला चर्ढाई भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए। भने एमालेका जिल्ला अध्क्षय रामजी घिमिरेले उनको पार्थिब शरीरमा  पुष्पगुछा र पार्टी झन्डा ओडाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए।

 

स्वर्गीय ज्ञवालीको पार्थिब शरीरलाई अन्तिम दाहसस्कारको लागि देवघाट लगिएको थियो। उनका श्रीमती एवम १ छोरा र ३ छोरी रहेका छन ।

 

 

 

यसैक्रममा अर्घाखाँचीडट्कमका सस्थापक प्रमुख मेहर सिंह केसी एवम सम्पादक विरेन्द्र केसीले एक सयुक्त वक्तव्य प्रकासित गरी  अर्घाखाँची आवासिय उच्च माध्यमिक विद्यालय बेल्बाटिका शिक्षक तथा प्याब्सनका जिल्ला सचिव रामचन्द्र ज्ञवालीको निधनले जिल्लाले एक शैशिक क्षेत्रका बौदिक, निर्णय क्षमता, हकी कुलश स्वभावका व्यक्ती गुमाएको भन्दै आफुहरु साह्रै स्तब्द भएको उल्लेख गर्नुका साथै  दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा हार्दिक सम्वेदना प्रकट गर्नुभएको छ ।

 


 

 [Arghakhanchi.Com’s Editor KC Birendra contributed to this report]









पहिलो प्रकासित मिती: २०६७ फाल्गुन १२, विहीवार


अन्य समाचारहरु