येवन्योङ्ग टापूमा तोप हानाहानको “लज्जाजनक इतिहास”मा नजर पुर्‍याउनु नहुने-उत्तर कोरियाली सैन्य पक्षको भनाई

प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको सैन्य पक्षले हिजो प्योङयाङमा कसैले पनि येवन्योङ्ग टापूमा तोप हानाहान भएको “लज्जाजनक इतिहास”सम्बन्धमा निहुँ खोजेर एकै जातिमा झगडाको नीति अपनाउनु नहुने जनाएको छ । साथै यस कुरा भई रहे उत्तर कोरिया तथा गणतन्त्र कोरिया बीचको सम्बन्धमा सुधार हुने सम्भावना नभएको र कोरियाली प्रायद्बीपको शान्ति तथा स्थिरतामा समेत असर पर्ने पनि जनाएको छ ।

          उत्तर कोरियाको राष्ट्रिय प्रतिरक्षा परिषद् मातहतको निरीक्षण समूहले हिजै गत वर्षको नोभेम्बर महिना येवन्योङ्ग टापूमा भएको तोप हानाहान काण्डबारे “तथ्य कुरासम्बन्धी पत्र” सार्वजनिक गरेको छ।

          अबउपरान्त उत्तर कोरियाले निरन्तर रुपमा सक्दो प्रयासमार्फत गणतन्त्र कोरियासँगको सम्बन्धको सुधार गरी कोरियाली प्रायद्बीपको शान्ति र स्थिरताको संरक्षण गर्दैजाने कुरा पनि उक्त “तथ्य कुरासम्बन्धी पत्र”मा उल्लेख गरिएको छ।