अफगानिस्तानको दक्षिण भागमा भएको आत्मघाती विस्फोटमा 24 जना घाइते

अफगानिस्तानको दक्षिणी भागको कान्दाहर प्रान्तमा आज विहान एउटा आत्मघाती बम विस्फोट भएको छ। सो बम विस्फोटमा परी कम्तिमा 24 जना घाइते भएका छन्।

         कान्दादार प्रान्तका प्रहरीले घाइते भएका जनताहरुमध्ये सोह्र सर्वसाधारण र आठ अफ्गानी सुरक्षा सैनिकहरु छन्।

         हालसम्म अफगानिस्तानको तालिवान सशस्त्र समूहले सो घटनाको जिम्मेवारी लिएको छैन।

        कान्दाहर प्रान्त अफगानिस्तानको दक्षिणी भागमा रहेको छ। सो क्षेत्र तालिवान सशस्त्र समूहको गढ नै मानिन्छ। यस वर्षको फेब्रुअरी महिनादेखि सो क्षेत्रमा धेरै पटक बम विस्फोट भएको छ।