न्यूजिल्याण्डेली प्रहरीले क्रिस्टचर्चमा गएको भूकम्पमा परी हालसम्म अन्ठान्नबे जना मरेको र दुई सय छबीस जना वेपत्ता रहेको जनाएको छ।
चौबीस तारिखका दिन न्यूजिल्याण्डेली प्रधान मन्त्रीको भनाइ अनुसार क्षतिग्रस्त सिटिभी भवनमा पुरिएका व्यक्तिहरु बांच्ने सम्भावना न्यून छ। थाहा भएअनुसार एक सयभन्दा बढी व्यक्तिहरु त्यहाँ पुरिएका छन् र चीन र जापानका विद्यार्थीहरु पनि समावेश छन्।
मर्नेको संख्या अझै पनि बढ्ने र दुई सयभन्दा बढी पुग्ने अनुमान छ।