लीबियाका प्रशासक कर्णेल गद्दाफ़ीद्वारा आफ्ना समर्थकलाई देश एवम तेल भन्डारको रक्षाको लागि हतियार उठाउन आग्रह, राजधानी त्रिपोलीमा विपक्ष प्रदर्शनकारी माथि गोलाबारी


 

अर्घाखाँचीडट्कमलाई थाहा भए अनुसार लीबियाका प्रशासक कर्णेल गद्दाफ़ीले राजधानी त्रिपोलीको ग्रीन स्कायरमा जम्मा भएका आफ्ना समर्थकलाई सम्बोधन गरेका छन । सरकारी टेलिभिजनमा देखिएका उनले आफ्ना समर्थकलाई देश एवम तेल भन्डारको रक्षाको लागि हतियार उठाउन आग्रह गरेका छन ।

 

उक्त भाषण दिनु भन्दा केही समय अगाडि गद्दाफ़ी प्रति वफ़ादार सुरक्षाबलले राजधानी त्रिपोलीमा विपक्ष प्रदर्शनकारी माथि गोलाबारी गरेका थिए जहाँ कयौ हताहत भएको हुन सक्ने अनुमान गरिएको छ । यसका साथै अर्घाखाँचीडट्कमलाई थाहा भए अनुसार राजधानी बाहिर पनि निरन्तर हिन्सात्मक प्रर्दशनहरु जारी छन ।

 

लिबियाको परिस्थिति अशान्त रहँदै आएको छ। विभिन्न ठाँउमा बारम्बार संघर्ष देखापरेका छन्। यस क्रममा लगभग दश हजार जना बाध्य भएर लिबिया छाडेका छन्।

 

 

 

यसैगरी आफ्नो देश व्यापी हिस्सात्मक विरोध सँगै लीबियाका प्रशासन कर्णेल गद्दाफ़ीले अब हर लीबियाई परिवारलाई आठ सय डलर दिने सरकारी टिभी मार्फत घोषणा गरेका छन।

 

सोही अनुसार लीबियामा हर परिवारको खाद्य पदार्थका लागि यसले केही सहुलत हुने उल्लेख छ । यसका साथै घोषणा अनुसार सार्वजनिक क्षेत्रका कर्मचारीहरुको तलब १५० बढाउने छ । साथै यस बाहेक लीबियामा न्यूनतम तलबको लगभग दुई गुणा बढाउने घोषणा समेत गरेका छन।

 

उता यस भन्दा अगाडि लिवियाका नेता कर्णेल गद्दाफीले सरकारी टेलिभिजनमा बोल्दै देशमा हिंसा फैलनुमा अल कायदा र उसका सहयोगीहरु दोषी रहेको आरोप लगाएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै अन्तरराष्ट्रिय आतंकवादी संगठन अल कायदाका कारण नै देशमा हाल हिंसाको अवस्था बनेको उल्लेख गरेका छन्। उनले कुलतमा लागेका युवा जमात पनि हिंसा फैलाउनमा सहयोगी बनेको आरोप लगाए।

 

उता राजधानी टि्रपोली नजिकै प्रदर्शनकारी र गद्दाफी वफादार सेनाविच भिडन्त भएको छ। प्रदर्शनकारीहरुमाथि सेनाले बल प्रयाग गरेपछि दुवैपक्षविच भिडन्त भएको हो। चिकित्सकहरुले घटनामा दश जना भन्दा बढीको मृत्यु भएको बताएका छन्।

 

अन्तर्राष्ट्रिय प्रवासी संगठनले प्राप्त तथ्याङ्क अनुसार, इजिप्ट तथा ट्युनिसियाका लगभग तीस हजार जना श्रमिकहरु लिबिया छाडिसकेका छन् र यो संख्या अझ बढ्ने सम्भावना रहेको बताइएको छ।

 

लिवियामा विगत ४१ वर्षदेखि शाशन गर्दै आएका नेता कर्णेल गद्दाफीको राजिनामाको माग गर्दै प्रदर्शनकारीहरुले विरोध प्रदर्शनलाइ अझ शशक्त बनाएका छन्। हालसम्म लिवियामा तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ।