– राजेन्द्र श्रेष्ठ
रामेछाप
हाल दोहा कतार
नेपाली भाषामा ज्यादै लोकप्रीय अझ हाम्रा राष्ट्र निर्माताहरुको जिब्रोमा नै झुण्डीएको शब्द हो सहमति । यो सहमति भन्ने शब्द सारै प्यारो सारै अफ्ठेरो शब्द भएको छ ।
हाम्रा ठूला पार्टीका ठूला नेताजीहरुले वार्ता गर्छन अनि एउटा सहमति भयो भन्छन के भनेर पत्रकारले सोध्छन अर्को बार्ता गर्ने सहमति भनेर भन्छन । यसै गरि गरि संविधान बनाउने दुई बर्षको समय सकियो त्यस पछि फेरी एउटा असल सहमति भयो संविधानसभाको म्याद एक बर्षको लागि थपीयो जनताले संविधान सभाको दुई बर्षे म्यादको लागि मात्र चुनीयका थियो ६०१ जना यति लामो समय यो सभालाई संविधान बनाउन लाग्ने छ भनेको भएत थोरै संख्यामा सभासदहरु चुन्ने थियो जो कि यी ६०१ ले एक बर्षमा खाने ढुकुटी ६ बर्षलाई नै पुग्ने थियो । भने दुई बर्षमा खाने ढुकुटीले १२ बर्षलाई नै पुग्ने थियो ६-१२ बर्ष सम्मको समयमा त अबश्य पनि संविधान बन्ने थियो होलानी जनताको आशा पनि निकै टाढाको हुने थियो । आज त यस्तो महसुस भएको छ की आज त केही हुन्छ होला भन्यो सुन्ने भोली होलाकी भन्यो भोली पनि सुन्ने यसरी तड्पाई तडपाई कतिन्जेले बस्ने हाम्रा गाउँघर तिर एउटा उखान छ धेरै विरामी भएर थलियो भने घरका परिवारले पनि वाक्क मान्दै कि जुरुक्क हुनु कित हुरुक्क हुनु भन्छन अझ विरामी आफैलाई पनि सधै विमार र अइया आथ्था भन्दा भन्दा दिक्क लागेर कि जुरुक्क कि हुरुक्क भईदे हुन्यो भन्छन हाम्रा देशका नेताजीहरुलाई पनि त्यस्तो लाग्छ की लाग्दैन त्यो उहाहरुले नै अनुभव गर्ने कुरा हो
संविधान निर्माताहरुको खेल हेर्दा एक दुई दिनमै बनाउन सकिने सरकार त सात सत महिना लागाउँछन भने संविधान बनाउनत दई बर्षको समय हो त्यसको हिसाव गर्दा कति लगाउने हुन त्यो गर्भकै कुरा होलो । कोही सहमति कै नाममा ततस्ट कोही सहमति कै नाममा उम्मेदवार कोही सहमति कै नाममा आपुूलाई नै ताकी रहने खेल आजको दिनमा आएर सकिएको जस्तो देखिए पनि यति लामो समय सम्म मन्त्रीपरिषदले पूर्णता नपाएको देख्दा अब फेरी सरकार कति दिन टिक्छ भनेर दिन गन्न सुरु भई सकेको छ । यो सरकार ढले अर्को सरकार बन्न त फेरी कति तडपिनु पर्ने हो त्यसको कुरै नगरौ । हाम्रा नेताजीहरुले कस्तो सहमती खोजेको हो हामी जनताले बुझ्नै सकेको छैन । देशमा उद्योग धन्दाको विकास बेकारी समस्याको समाधान शान्ति सुरक्षाको व्यवस्था झनपछि झन कमजोर भएको छ महंगीले आकाश छोएको छ । जता ततै हत्य िहंसा आतंक कायम छ । रोजगारको नाममा राष्ट्रको ढुकुटी बाट आफ्नो केही कार्यकर्ता पाल्ने काम भन्दा केही भएको देखिदैन धन्न मान्नु पर्छ । यो मलेशिया र खाडीका भगवनले हेरेछन् र बार्षेनी झण्दै ३ लाख जतिलाई रोजगारीको व्यवस्था मिलाउन सकेकोले होला यति विग्न भद्रगोल हुँदा पनि जनताहरु चुप नै लागेर बसेका छन ।
यही हो हाम्रा नेताजीहरुको लागि सुवर्ण अवसर यदी भोली यी वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीहरु सवैलाई फर्काई दियो भने यस्ता तानाबाना र वहाना वाजी गरेर देश चलाउन दिने छ जस्तॊ मलाई लाग्दैन । त्यसैले नेताजीहरुले देशमा राम्रो काम गर्नु पनि नसक्ने र आफुलाई नेतृत्व पनि चाही रहने हाे भने यो वैदेशिक रोजगारीलाई अझ बढाउने काम गरेर बार्षिक ५ लाख जतिलाई विदेश तिर पठाउनु पटी विषेश ध्यान दिनुहोस यसो गर्यो भने नेताजीहरुलाई सजिलो हुन्छ जाहाँ युवाहरु नभए पछि कसले विरोध गर्छ देशमा विकास उद्योगधन्दा कलकारखाना को विकास नभए पनि गरिवीको प्रतिशत घटी हाल्छ त्यसैलाई हामीले काम गरेका छौ भने भइहाल्छ । यति सजिलो कामतिर नै हाम्रा नेताजीहरुको ध्यान जाओस यसैमा हाम्रा पुस्ताका नेताहरु रमाइ रहोस अरुत के आशा गर्नु खै हुने विरुवाको चिल्लो पात भन्छन तर हाम्रा त पातहरु चिल्ला देखिदैन ।
यो सहमतिको खेल सुरुभएको त २०६२-६३ देखि नै हो । १२ बुदे ३ बुदे २५ बुदे यस्ता बुदे बुदे गर्दा गर्दै हाल आएर ७ बुदेमा हलो अडकिएको छ । भने सहमति पनि सात दल पाँच दल तिन दल हुदै दुई दलमा आईपुगेको छ भने अव के के हुन्छ बाँचीरहे देखिन्छ भन्छन् बुढापाकाले तसर्थ त्यसै गर्नु बेसहोला हामी जनताले कतिपय अवस्थामा सहमतिको खेलले राम्रो काम गरेको भएता पनि हालको अवस्थामा यो नेपाली नेताको निम्ति निल्नुन ओकल्नु घाटीको हाड्डी जस्तो भएको छ । सहमति नभएकै कारण राज्यका सबै अंगहरु जहाँको त्यही रोकीएको छ ।
सहमति भन्ने शब्दको अर्थ सहमत हुँदाको स्थिति राय मिलेको अवस्था मन्जुरी स्वीकृति भनेर प्रयोगात्मक नेपाली शब्दकोश ले जानकारी गराएको छ । तर हाम्रा सहमतिका आधारहरु हेर्न लायकको छ जहिल्यै पनि सहमति भन्न नछोडने तर मेरो कुरा स्वीकार गरेमात्र सहमति हुने नत्र यही हो पारा संसद भित्र बजेट भाषणमा के भएको थियो यही सहमति भन्ने शब्दको खोजीमा पटक पटक पत्रकारलाई सम्म निषेध गरेर रिसोर्टहरमा अति गोप्यो बैठकहरु गरेका कुरा पनि हामीलाई जानकारी छ । अरुत के कुरा गर्ने यही सहमतिको शब्द बाण मिलाउन नसक्दा काम चलाऊ सरकारको आयु ७ महिना सम्म रहेको थियो । यही सहमति भन्ने बहादुर शब्दको आडमा नै १६ औं पटक सम्म प्रधान मन्त्रीको चुनाव भएर पनि निश्कर्ष निकाल्न नसकेको इतिहाँस नै कायम भयो । यही सहमतिकै नाममा भई रहेको बहुमतको सरकारलाई पनि काम चलाउमा परिणत गराएको थियो ।
यही सहमतिकै नाममा तिन सय एकानब्बे मत पाउँदा पनि बहुमतको सरकार बन्न नपाएको इतिहास कायम भयो । बहुमतको सरकार बनाउँनु हुदैन भन्ने सहमति कै नाममा आफैलॆ बहुमतको सरकार बनाएको पनि देख्न पाएकै छौ ।
अव हेरौ यो सहमति भन्ने शब्द जालले अरु के के ऐतिहासिक काम गर्ने हुन ।