इरानद्बारा अस्थायी रुपमा बुशहर आणविक केन्द्रको आणविक इन्धन तथा पदार्थलाई विस्थापित गर्ने

अन्तर्राष्ट्रिय परमाणविक उर्जा एजिन्सीस्थित स्थायी इरानी प्रतिनिधि अलि अस्घर सोल्टानिहले हिजो 26 तारिख इरानले अस्थायी रुपमा बुशहर आणविक केन्द्रको आणविक इन्धन तथा पदार्थलाई विस्थापित गर्ने बताउनुभएको छ।

              श्री अलिले हिजो इरानको सञ्चार माध्यमसँग कुराकानी गर्दै रुसको आग्रहमा इरानले आणविक रिएक्टरबाट आणविक इन्धन पदार्थ विस्थापित गर्ने छ,जसबाट धेरै परिक्षण र सम्बन्धित प्राविधिक काम गर्नसकिने कुरा बताउनुभएको छ। उहाँका अनुसार यी परिक्षण सम्पन्न भएपछि आणविक इन्धन तथा पदार्थलाई आणविक रिएक्टरमा फेरी स्थापना गरिने छ।

                श्री अलिले इरानले सधैं नै आणविक रिएक्टरको सुरक्षा समस्यालाई मुख्य स्थानमा राखेर सबैभन्दा उच्च अन्तर्राष्ट्रिय सुरक्षित मापदण्डबमोजिम आणविक केन्द्रको निर्माण गर्दै आएको कुरा जोड दिनुभएको छ।