– शोभाखर पन्थी
फाल्गुण-१६ अर्घाखाँची । पाँच वर्षसम्म निकै चहलपहल हुने हंसपुर २ हंसपुर अर्घाखाँचीको परिवार टोल अहिले निकै सुनसान बनेको छ ।
जिल्लाको निक्कै दुर्गम र विपन्न परिवारका दलितहरुको बसोवास रहेको यो गुउ अहिले ३ वर्षको अवधिमै निकै विकसित बनेको छ । गुउमा मोटर पुगेकोछ खानेपानीको व्यवस्था मिलाईएको छ घरघरमा सोलार बत्ती छन् साना र झुत्रे घरहरु पनि अहिले टीनले छाएर चिटिक्क पारिएको छ घर वरीपरी र बाटो घाटोमा हुने गरेको फोहोर पुरै हटेको छ र निक्कै राम्रो र आकर्षक बनेको छ । तर पनि यहाँका बासिन्दाहरुमा एउटै चिन्ता छ गाउ सुनसान भयो ।
अर्घाखाँची जिल्लाको ४० परिवार परियार दर्जीहरु बसेको हंसपुर गुउ मात्र होईन जिल्लाका सबै गाविसका स्थानीय बासिन्दाहरुको एउटै गुनासो छ गुउहरु सुनसान भए र दुःख पर्दा पनि मान्छे पाईन छाड्यो ।
गाउमा रोजगारीको अभावको कारण अधिकांस युवाहरु वैदेशिक रोजगारीका लागि बाहिर जान थालेपछि जिल्लाका ग्रामीण क्षेत्रहरु निक्कै सुनसान भएका छन् । युवाहरु रोजगारीका लागि गुउबाट विदेश पलायन हँुदा दुःखको अनुभुति गरेका स्थानीय बासिन्दाहरु वैदेशिक रोजगारीमा गएका युवाहरुले आफ्ना श्रीमती र छोराछोरीहरुलाई शहरमा लगेर राख्न थालेपछि झनै चिन्तित बनेका छन् ।
भविष्यका लागि आशा गरिएका युवाहरु वैदेशिक रोजगारीमा गएसँगै गुउबाट समेत बसाई सर्न थालेपछि गाउहरु क्रमश खालि हुदै गएको स्थानीय बासिन्दाहरुको गुनासो छ । वैदेशिक रोजगारी र विवाहपछि युवाहरुले श्रीमती लिएर शहर बजारमा जाँदा ग्रामीण क्षेत्रमा काम गर्न नसक्ने बृद्धबृद्धाहरुको मात्र बाहुल्यता बढेको छ । युवाहरु पलायन भएर बृद्धबृद्धाहरु गाउमा बस्न थालेपछि गाउको विकास समेत प्रभावित बनेको हंसपुर गाविस वार्ड नं- ५ का समाजसेवि नारायण अर्यालले बताए ।