– कृष्णप्रसाद भूसाल
सानो छदा हवल्दार बा पेन्सन थाप्न गुल्मी सदरमुकाम तम्घास जादा-आउँदाको यात्रा सस्मरणमा घेरा भिर को नाम कयौ पटक कयौ प्रसङ्गमा सुनेको थिए । पुर्णिमाको मेला भर्न अर्घा जानेक्रममा अर्घाको मैदानबाट उत्तरमा देखिने शुन्दर र शानसँग उभिएको बिशाल कालो चट्टानी पहाड सँग आखु एकटकले जुधिरहन्थे । सिनोमा लुछाचुडी गरीरहेका गिद्धहरु देखुउदै हजुरबुबा भन्नुहुन्थ्यो यिनीहरु घेरा भिरमा बस्छन र त्यही बाट आएका हुन । घेरा भिर सँग सम्बन्धीत यि र यस्तै घटनाक्रम सँग परीचत यो पंक्तिकारले आफ्नो एम एस्सी शोधकार्यका लागी यस क्षेत्रलाई छनोट गर् यो ।
अर्घाखाँचि जिल्लाकेा उत्तरमा हंसपुर गा वि स ६ र खनदह गा वि स ४ को सीमामा पर्ने घेरा भिरको समग्र जैविक विविधताको पहिचान र बिश्वबाटै लोपहुने अवस्थामा पुगेका ुप्रकृतिका कुचिकारु भनेर चिनिने गिद्ध प्रजातिको बासस्थान र पछिल्लो अवस्था सम्ंबन्धि बैज्ञानिक अध्यन अनुसन्धान गर्ने उद्देश्यले उक्त क्षेत्र रोजिएको हो । घेरा भिर २८ड्ढ०३ु३५।६ू देखि २८ड्ढ०३ु५०।९ू उत्तरी अक्षंास र ८३ड्ढ०५ु१८।४ू देखि ८३ड्ढ०५ु५९।६ू पूर्वी देशान्तरसम्म फैलिएको छ । महाभारत पर्वत शृङखलाको चारीत्रिक बिशेषता बोकेको यो पहाडको उत्तर फर्केकेा पाखेामा घाम कम पर्ने हुनाले ओसिलेा छ जहा बुट्यानको घना जंगल छ भने दक्षिण फर्केकेा पाखेा भिर बढि सुक्खा न्यानेा र घमाईलो छ । धवलागिरी र अन्नपूण हिमशृङ्खला सँग समानन्तर जस्तै भई उभिएकेा करीव २३०० मिटर अग्लेा यो पहाड सन्धीखर्क भएर बग्ने अर्घाखाँचीको प्रमुख नदि बागी खोलाको शिर हो । उत्तरको समशितोष्ण हावापानी बाट प्रभावित यसको शिर र उत्तरखण्ड केहि चिसो छ भने दक्षिण काखको हावापानी उपोष्ण मृदु घमाईलो र मध्यम छ ।
भौगोलिक संरचनामा अनुपम दक्षिण भिरका थुप्रै ओढार र छिद्रहरुले बिभिन्न प्रजातीका गिद्ध बाज बौडाइ र चमेराहरुलाई आश्रय दिईरहेका छन । हालको दशकमा भारतिय उपमहाद्धिप लगाएत नेपालमा पनि ९५ प्रतिशत भन्दा बढिले घटीरहेका लोपोन्मुख दुर्लभ गिद्धहरुको बासस्थान घेरा भिर हुनु खुसिको कुरेा हो । अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ आई युसिएन को सङ्कटापन्न सुची रेड डाटा लिस्टले अतिसङ्कटापन्न र सङ्कटापन्न सुचिमा सुचिकृत गरेका क्रमशः सुन गिद्ध र सेतो गिद्ध यहा पाईनु गर्वको कुरो हो । यसका साथै थप दुई प्रजाती हाडफोर गिद्ध र हिमाली गिद्ध सहित नेपालको उच्च पहाडी भेगमा बच्चा कोरल्ने चार प्रजातीका गिद्धमध्ये चारै प्रजाती यो क्षेत्रमा पाईनु यसको भौगोलिक र जैविक अनुकुलीत बातावरणको उत्कृष्टता हो । नेपाल सरकारले संरक्षित पंछिको सुचिमा राखेको दुर्लभ पिछं चीर पनि यस क्षेत्रमा पाइन्छ र त्यसको अवैध शिकार भैराखेको त्यहाका स्थानीय ७३ बर्षिय राम बहादुर थापा बताउनु हुन्छ । बिश्वका दुर्लभ पन्छीको सुचिमा पर्ने सानो बौडाई पनि यहा पाइन्छ ।
यसका अलवा चुकर कालो तित्रा लुइँचे कालिज जुल्फे जुरेली सुया घाँसेफिस्टो कोईली कालोगर्दने काठफोर हाप्सीलो भ्याकुर कालीकण्ठे चिचिल्कोटे एशियाली भीरगौँथली चमेरा रतुवा मृग स्याल मालसाप्रो चितुवा लङ्गुर बन बिरालो आदी वन्यजन्तु पनि पाईन्छन । बानस्पतिक रुपमा उत्तरी पाखो र दक्षिणी पाखामो यउँटै पहाडमा विरलै पाईने दुई भिन्न पारस्थीतिक प्रणाली यहा पाईन्छन । दक्षिणमा सल्ला तिजु चिउँरी जस्ता ठुला रुखका साथै सुक्खा ठाउँमा हुर्कने सिउँडी केतुकी र खिर्रोका रुखहरु छन भने धेरै जसो भाग खरबारीले ओगटेको छ । स्थानिय बासीन्दा हिउँदमा आङै सिरीङ्ग हुने भिरमा ठुलो जोखिम मोलेर खर काट्छन र आफ्ना गाईबस्तुलाई खुवाउँन साचय गरी राख्छन । उत्तरी क्षेत्र लालिगुरुसका पुडका रुख औषधीय महत्व बोकेको टिमुर चोतारी अैसलु खगेरो राजुकाडाँ म्याल उत्तिस पैँयु घुरपिस र अन्य बुट्यानको बाक्लो उपस्थीति र झाडिले छोपेको छ जसको उपदेयता र वृस्तृत अध्य्यन हुन सकेको छैन । यसको भौ-गर्भिक संरचना खनिज तेल र खनिज धातुको संभाव्यता अध्य्यनको टडकारो खाँचो छ ।
घेरा भिरको जैविक मात्र होईन पर्यटकिय महत्व पनि कम छैन । घेरा भिरको शिरमा उभियर धवलागिरी र माछापुच्छ्रेको चुली स्पर्श गरेर आएको चिसो हाँवा स्वाद सँग फोक्सोमा भर्दै दृश्यावलोकन गर्दा आउँने आनन्द शब्दमा व्यक्त गर्नै सकिन्न । त्यहाबाट देखिने चाँदी झै टल्केका हिमाल पहाँडी शृङ्खला र नागबेली खोँच काखँमा च्यापिएको सन्धीर्खक उपत्यका र जहाजबाट हेरे जस्तो लाग्ने बुगि गाँउका तस्बीरहरु क्यामेरामा जति कैद गरेपनि धित मर्दैन । घेरा भिरको धुरीमा रहेको मल्लारानी मन्दिरले धार्मिक र सास्कृतिक आस्थाको महत्व मात्र बोक्दैन त्यहाको पर्यटकिय र पर्यावरणीय सान्द्रभिकताको बोध गराउँछ । चैत बैशाखमा ढकमक्क फुलेका राताम्य लालिगुरुस कोईलीको सुमधुर स्वर र सिर-सीर चलिरहने चिसो हुवाले उखरमाउँलो गर्मि बिसा्रइदिन्छ । त्यहा बाट देखिने सुर्योदय र सुर्यास्तको मनमोहक दृश्य नगरकोट वा अन्तुडाँडा बाट देखिने दृश्यहरु भन्दा कुनैपनि कोणबाट कम लाग्दैन्न । पुष-माघको पारीलो घाममा ति चट्टानमा बसेर खाना खोज्न उडेका र खाना ल्याई बचेरालाई खुवाईरहेका गिद्धहरुको चर्तिकला हेरीरहदा लाग्छ यो संसारकै सबैभन्दा उत्कृष्ट प्राकृतिक चिडियाघर हो । चर्चामा रहेको प्यारागलाईडिङ परियोजना सफल बनाई पर्यटन बिकासका आधारभुत पूर्वाधारहरुको बिकाश गर्न सक्यौ भने निश्चयनै सन्धीखर्क-अर्घा-घेरा भिर पर्यटन पदमार्ग नेपालको आर्कषक र नमुना गन्तव्य बन्न सक्छ ।
अर्घाखाँची जिल्लाको भुधरातलिय बनोट तथा छोटो दुरिमै पाइने विविध भौगोलिक संरचना भीर पहरा गल्छी उपत्यका र यसले पारेको हावापानीमा प्रभाव र यस परिस्थितीको उपजमा अस्तित्वमा आएका वनस्पती तथा जनावरको विविधता हाम्रा अमुल्य निधी हुन र यिनको अनुसन्धान संरक्षण र दिगो उपयोगमा सबैको ध्यान जानु जरुरी छ । तर हामीहरु कस्तुरीले आफ्नो बिनाको बास्ना थाहा नपाई भोतारीरहे जस्तै आफ्नो क्षेत्रको सम्भाव्यतालाई ख्यालै नगरी अन्यत्रै भौतारीरहेका छौ ।
अर्घााखाँची ग्रामिण पर्यटनकालागि अति उत्तम र प्रचुर सम्भावना बोकेको जिल्ला हो यसर्थ यहाका धार्मिक तथा सास्कृतीक सम्पदा रहनसहन भौगोलिक संरचना र जैविक विविधताको एकिकृत अध्य्यन अनुसन्धान र प्रचार-प्रसारको खाँचो छ । पर्यटन वर्ष २०११ मनाई रहदा यि सम्भाव्यताको खोज र प्रचार-प्रसारमा सम्बन्धित निकाय र सर्वसाधरणको गम्भिर ध्यानआकर्षाण हुनु जरुरी छ । जैविक विविधता र प्राकृतिक स्रोतको दिगो उपयोग लाभको बाडफुड र संरक्षण सचेतना अभावका कारण बायोपाईरेसी सगैँ हाम्रा सम्पदाहरु जस्तै वनस्पती पशुपंक्षी खनीज र जडिबुटीमा अनुसन्धान गर्ने नाममा बहुराष्ट्रिय निगम र विकसीत देशहरुले आफनो अधिकार जमाउने अवस्था छ । प्रकृति र प्राकृतिक स्रोत तथा संसाधनको संरक्षण विकाश र सदुपयोगमा जनसहभागिता र जनचासो अपरिहार्य छ साथै दिर्घकालिन संरक्षणका लागि स्थानिय समुदाय परम्परागत जाती संरक्षण समुहहरु सरकारि गैरसरकारि र निजी क्षेत्रको समन्व्ायात्मक कि्रयाशिलताको आवश्यकता छ ।
अत घेरा भिर आफैमा बहुआयामिक र सर्वपक्षिय सरोकारको क्षेत्र भएकोले यसको अध्य्यन प्रचार-प्रसार र समुचित व्यवस्थाको लागि राष्ट्रिय निति तथा योजनाहरुमा यसको महत्व स्थापित गर्दै आर्थिक प्राविधीक एवं सस्थागत क्षमता अभीवृद्धि गर्नु जरुरी देखिन्छ र यसका लागि सबै तह र तप्काबाट पहलकदमीको खाँचो छ ।
लेखक प्राणी शास्त्र स्नाकोत्तर द्धितीय वर्ष, त्रिवि कीर्तिपुर काठमाण्डौका हुन।