अर्घाखाँची पणेनामा गाईपालनबाट राम्रो आम्दानी

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची १६ फागुन । स्वदेशमा रोजगारी नपाएको भन्दै हरेकदिन हजार भन्दा बढी युवा नेपालबाट बिदेश पलायन भैरहेका छन् । तर ब्यवस्थित रुपमा गाई पाल्न सके स्वदेशमै बिदेशको कमाई गर्न सकिन्छ भन्ने दखाएका छन् अर्घाखाँची पणेनाका किसानले ।

 

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क देखि करिव ६ कोष टाढा रहेको पणेना गाबिसका कृषकले गाईपालनबाट राम्रो आम्दानी गर्न थालेका छन् । त्यहाँका २२ घर परिवारले गाई पालनबाट मासिक १२ देखि १५ हजार सम्म आम्दानी गर्ने गरेका छन् । ब्यवस्थित ढंगले गाई पालन गर्न सके बिदेशको कमाई गाउमै गर्न सकिने बताउनु हुन्छ पणेनाका गाई पालक कृषक बिदेशबाट फर्केर आएका शंकर घिमिरे धेरै धन कमाईन्छ भन्दै विदेशमा गईयो । अर्काको देशमा जति परिश्रम गरेपनि उस्तै घरै गाई पालेर १२, १५ हजार कमाएको छु यतै ठिक भन्ने लागेको छ ।

 

पणेना ६ का नारायण पोख्रेलपनि गाई पालेर दुध बिक्री गरि भएको आम्दानीबाट खुशी हुनुहुन्छ । शिक्षिका श्रीमतिले पनि सघाउने भएकाले पसल संगै तिनवटा गाईपाल्न सहज भएको उहाले बताउनु भयो। जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीले पशु सम्बन्धि लाग्ने रोग तथा स्याहारका लागि उचित परामस्र दिने गरे अरु किसानपनि गाई पालनका लागि आकर्षित हुने र गाउकै मुहार फेरिने बताउनु हुन्छ ।

 

पणेनामा उत्पादन भएको दुध जिल्ला सदरमुकाम र पाल्पा सदरमुकाम तानसेन सम्म पुग्ने गरेको छ । यातायातको असुबिधा र आफ्नो गाउमा चिलिङ्गभ्याट नहुदा धेरै कृषकले अहिले पनि बेलुकाको दुध घर मै राख्नु पर्ने बाध्यता छ । धेरै दुघ उत्पादन गर्ने किसानले छिमेकी गाउमा लगेर दुघ संकलन गराउने गरेका छन् । अहिले नेपालमा दैनिक तिनलाख लिटर दुधको अभाव छ । पणेनाका जस्ता किसानलाई राज्यले निति निर्माण गरेर सघाउन सके बजारमाग पुरा हुने मात्र होईन स्वरोजगार मार्फतनै गाउको मुहार फेर्न धेरै समय लाग्दैन् ।

 

रोजगारको खोजीमा विदेश गई धेरै धन कमाईन्छ भन्ने अन्धविश्वास हाम्रो समाजमा धेरै युवाहरु असहायको जस्तो जीवन वेथित गर्नु परिरहेको छ । युवाहरुलाई रोजगारीको श्रृजना गर्न सक्ने बनाउन राज्यले आवश्यक नीति अवलम्वन गर्न सके मुलुकको आर्थिक विकासमा पनि टेवा पुर् याउने अपेक्षा गर्न सकिन्छ ।



अन्य समाचारहरु