भारतको एक अदालतद्वारा गोधराकाण्डमा दोषी ठहर गरिएका ११ जनालाई मृत्युदण्ड र २० जनालाई जन्मकैदको फैसला

प्राप्त समाचार  अनुसार भारतको विषेश अदालतले गोधरा काण्डमा दोषी ठहर गरिएका मध्ये ११ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। दोषी मध्ये २० जनालाई आजन्म कारावासको सजाय सुनाएको छ।  अदालतले कुल ३१ जनालाई गोधरा काण्डमा दोषी ठहर गरेको छ। गुजरात राज्यमा सन् दुई हजार दुईको फेब्रूअरी सत्ताइसमा साबरमति एक्सप्रेस नामक एक रेलमा अयोध्याबाट फर्कदै गरेका हिन्दूहरुलाई लक्षित गरी आगजनी गरिएको थियो।

 

सो घटनामा ५९ जनाको मृत्यु भएको थियो। रेलमा गरिएको आगजनीपछि गुजरातमा साम्प्रादायिक हिंसा भड्केको थियो। गुजरातका मुख्य मन्त्री नरेन्द्र मोदीले सो घटनालाई पूर्व नियोजित षड्यन्त्रको संज्ञा दिदै आएका थिए। गुजरातको गोधरा भन्ने स्थानमा भएको घटनाका कारण यसलाई गोधरा काण्डको नामले चिन्ने गरिन्छ।