न्युजिल्याण्डका विभिन्न ठाउँका नागरिकहरुले आज गत फेब्रअरी बाइस तारिख क्रिस्टचर्च शहरमा गएको भूकम्पमा मृत्यु भएकाहरुका लागि दुइ मिनेट मौन धारण गरेका छन्।
स्थानीय समय मार्च एक तारिख दिउँसो बाह्र बजेर एकाउन्न मिनेट जांदा न्युजिल्याण्डका सम्पूर्ण चर्चमा भएका घण्टाहरु बजाएको थियो। न्युजिल्याण्डका प्रधानमन्त्री जोन कि, क्रिस्टचर्च शहरका मेयर बोबले क्रिस्टचर्च शहरको केन्द्रमा रहेको भूकम्पबाट प्रभावित क्षेत्रमा कर्मचारीहरुसँग दुइ मिनेटसम्म मौन धारण गर्नुभएको थियो। त्यसपछि मृतकहरुको सम्झनामा पूजा-आजा गरेको थियो।
उक्त समयमा विभिन्न मुलुक तथा क्षेत्रबाट आएका नौ सय जना भन्दा बढी उद्धार टोलिले पनि आफ्नो काम स्थगित गरी भूकम्पको अवशेषमा मौन धारण गरे।