अर्घाखाँची डट्कम् यूएई डेस्क) – अर्घाखाँचीको सन्धिखर्क लगायत जिल्ला भर आज शिव रात्री पर्ब धुमधामसँग मनाउदै गरेको समचार अर्घाखाँची डटकम लाई प्राप्त भएका छन।
मुख्य रुपमा जिल्ला सदरमुकाम सन्धिखर्कको शान्ती बगैचामा रहेको १०८ पञ्चाङग मन्दिर सन्धिखर्कमा धुमधामका साथ शिवरात्री पर्व मनाइदै छ।
उता जिल्लाको अर्को गाविस हसंपुरमा रहेको शिवालय मन्दिर, खनमा रहेको मालारानी मन्दिर, ढिकुराको म्यालपोखरीमा रहेको शिवालय मन्दिर,खिदिम दुर्गाफाटमा रहेको दुर्गेस्वर मन्दिर, अर्घातोषमा सत्यवती शिव मन्दिर, धारापानी, ढाकावाङ, खाचिकोट,वाङ्ला, नरपानी, ठाडा र बल्कोट ३ साजबोटमा रहेको शिवलाय मन्दिर तथा जिल्लाका ४१ वटै गाविसमा रहेका स्थानिय देव देवायलय हरुमा शिवरात्रीको अबसरमा भगवान शिवको पुजाआजा गरी मनाउदै गरेको समाचार पराप्त भएका छन ।
जिल्ला बाहिर छिमेकी जिल्ला गुल्मी, पाल्पा, दाङ, प्युठान लगायतका जिल्लामा पनि शिवरात्रीको अवसरमामा मठ मन्दिर हरुमा मेला लागेको समचार अर्घाखाँची डट्कम् डेस्कमा प्राप्त भएका छन ।
जिल्ला भर महान शिवरात्री पर्व मनाउदै गर्दा प्रत्यक्ष स्थान हरुमा गएर तस्विर भिडियो लिनका लागि अर्घाखाँची डट्कम् जिल्ला कार्यालय अर्घाखाँची बाट सस्थापक मेहर सिहं केसी को टोली जिल्लाका सबै गाविसमा हिंडेको र त्यहा बाट प्राप्त सम्पूर्ण तस्विर छिट्टै प्रकाशन गरिने डट्कम् डेस्क ले जनाएको छ।
साथै अर्घाखाँची डट्कम् ले एक प्रेस विज्ञप्ती जारी गर्दै परम्परा गत ढंगबाट भगवान शिवको प्रशादी स्वरुप लीईने गाजा-भाङ-धतुरो मीश्रीत घोट्टुवा हालका केही वर्ष यता पछीलो युवापिडीले अत्यधिक रुपमा सेवन गर्ने र त्यसबाट कही कतै कसैको ज्यान समेत जान सक्ने भएकाले प्रशादीलाई प्रशाद कै रुपमा पर्योग गर्न र जोखिमबाट बच्न सबैलाई आग्रह अग्रेको छ। साथै यस् प्रती सचेत रहन सम्बन्धित निकायलाई अपिल गरेको छ ।