अल्पसंख्यक सम्बन्धी पाकिस्तानी मन्त्रीको राजधानी स्लामावादमा गोली हानी हत्या

एसियाली संचारमाध्यमहरुले समाचारमा उल्लेख गरे अनुसार अल्पसंख्यक सम्बन्धी पाकिस्तानी मन्त्री शाहवज् भाट्टीलाई राजधानी स्लामावादमा बुधबार गोली हानी हत्या गरिएको छ ।

समाचार  अनुसार उनी चढेको कारमा अन्धधुन्ध रुपमा गरिएको गोली प्रहारमा गोली लागेका उनको मृत्यु भएको हो ।

उनी कामको सिलसिलामा जाँदै गरेका बेला गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।

क्रिश्चियन भट्टीलाई यसअघि पनि मुस्लिम अतिवादीहरुको तर्फबाट ज्यान मार्ने धम्की आएको बताइएको थियो ।