– रोपनीकै पुग्यो ३ करोड नमुना बन्दैछ सन्धिखर्क – सन्धिखर्क बसाईका लागि उपयुक्त
– जग्गाको कारोबार गर्नेहरु रातारात बने करोडपति फसिदैछन लाहुरे उनका श्रीमती र आफन्तहरु
– ठुला शहर र तराईमा भन्दा सन्धिखर्कमा महंगो खेतीयोग्य जमिन प्लटङि खाद्यान र तरकारी तराईबाट
– वीरेन्द्र केसी, सम्पादक
अर्घाखाँची – देशव्यापी रुपमा जग्गाको कारोबारमा मन्दी आएको छ तर अर्घाखाँचीमा भने उच्च रुपमा वृद्धि हुदै गईरहेको छ । सदरमुकाम सन्धिखर्कमा एकाएक चर्को मुल्यमा घडेरी बिक्री भैरहेका छन । बजारका मुख्य रोडमा जग्गा सकिएपछि खोस्साखाल्सी पनि स्काभेटर र डोजर लगाएर सम्याईएको छ भने खेतीयोग्य जमिनलाई मासेर प्लटिङ गरि चर्को मुल्यमा बिक्री भैरहेको छ । सदरमुकाममा जग्गा किन्ने बढदै गएपछि जग्गाको भाउ दिनप्रतिदिन आकाशिदै गएको हो ।
मुख्य सडकरोडमा जग्गा नभएपछि जग्गा कारोबार गर्नेहरुले खोस्साखाल्सी र खेतीयोग्य खेतलाई मास्दै गएका छन । यसै वर्ष खोल्साखाल्सी सहितको गुन्टेलाई सम्याएर मैदान बनाईएको छ । गत वर्ष मात्रै चुत्रावेशीको जैसीफाँटको करिब १२ सय रोपनी खेतलाई प्लडिङ गरिसकिएको थियो । सदरमुकाममा घर घडेरी किन्नेको सख्या बढदै जाँदा मुख्य रोड र आसपासमा घडेरी सकिएपछि बजार पछाडीको भिरालो डाँडाकाँडा सहितको जंगललाई घडेरी बनाउनु परेको हो । सन्धिखर्क बजारको पछाडी पर्ने गुन्टे खोलालाई पनि डोजर स्काभेटर लगाई समथर बनाएर प्लटिङ गर्न शुरु गरिएको छ । यस वर्ष गुन्टे खोलालाई सम्माएर बजारको सख्या बढाउन घडेरीमा बिक्री गर्न लागिएको हो । गुन्टेखोलाको करिब एक हजार हेक्टर जति खोल्साखाल्सी सहितको भिरालो जंगललाई डोजर लगाएर घडेरी बनाईएको छ । जसमा गत वर्ष घर बनिसकेका र हाल घडेरीमा प्लटिङ गर्ने तयारीमा रहेका जग्गामा सार्वजनिक जग्गा समेत मिचिएको छ ।
घडेरीको माग बढदै गएपछि भिरपाखालाई समेत सम्माएर प्लटिङ गर्न लागिएको हो । सदरमुकाम नजिकका खेतीयोग्य जमिन प्लाटिङसँगै ठेकेदारले बाँकी रहेको खोल्साखाल्सीलाई पनि समथर बनाउन लागेका हुन । कौडीको भाउमा खेतीयोग्य जमिन र खोल्साखाल्सी किनेर डोजर र स्काभेटरबाट सम्माएपछि घर घडेरीको कारोबार गर्नेहरुले रातारात करोडौ मुल्य पार्ने गरेका छन । रोजगारीका लागि विदेसिएका अधिकाशले सदरमुकाममा भने अनुसारको महगो मुल्यमा घडेरी किन्ने लहर चलेपछि सदरमुकामको जग्गाको मुल्य आकाशिएको हो ।
मालपोत कार्यालयका कर्मचारीका अनुसार सदरमुकामको मुख्य चोकमा रोपनीको ३ करोड जति पर्ने गरेको छ भने बजारपछाडीको पनि एक मिटरलाई ८ देखी १५ लाख भन्दा कम छैन । प्लडिङ गरिएका घडेरी किन्नेमा अधिकाश वैदेशिएक रोजगारमा गएकाहरुले पठाएको रेमिटयान्स र गाउँबाट सुविधा खोज्दै सदरमुकाम झर्ने बढेकाले जग्गाको मुल्य बढदै गएको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाई छ । जिल्लामा घरै पिच्छे पुरुषहरु वैदेशिक रोजगारमा छन भने सरकारी जागिरे र अन्य पेशा व्यावसायहरुले सदरमुकाममा घडेरी किन्ने लहर चलेपछि एकाएक जग्गाको मुल्य बढेको हो । वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमतीहरु र आफन्तहरु प्लटिङ गरि टुक्रा पारिएका घडेरीमा चौगुना महागोमा फसिने गरेका छन ।
जग्गाको कारोबार गर्नेहरुले कौडीको भाउमा किनेर लाखौ मुल्य पर्ने गरेका छन जसबाट विदेशिएका आफन्त र श्रीमतीहरु नराम्री पसिएका छन भने कारोबारवालाहरु एउटै घडेरीमा लाखौ आम्दानी गरेपछि रातारात करोडपति बन्ने गरेका छन । विगत छ वर्षयता सदरमुकाममा चौगुना घरहरु थपिदै छन । सदरमुकाममा जग्गाको भाउ बुटवल र काठमाडौमा भन्दा उच्च रुपमा वृद्धि भैरहेको छ । लुम्बिनी अाचलको राजधानी बुटवल सालझण्डी कपिलवस्तु ईमिलिया भैरहवा भन्दा दुई गुणा बढी मुल्य पर्ने गरेको छ । व्यापार व्यापसाय उद्योग रोजगार भन्दा बसाईको लागि मात्रै सन्धिखर्क राम्रो ठाउँ मान्निछ । सदरमुकाम नजिकैका खेतहरु घडेरीमा परिणत भएपछि खाद्यान र ताजा तरकारीको लागि तराईको भर पर्नु परेको छ । कारेावार गर्नेहरुले अव्यवस्थित रुपमा प्लटिङ गर्दा सदरमुकामको बजारलाई व्यवस्थित बजार बनाउने तर्फ यहाँको उद्योग वाणिज्य संघले ध्यान दिन सकेको छैन । धमाधम घडेरी किनी घर बनाउन थालेपछि सन्धिखर्क नमुना र ठुलो सहर बन्दैछ ।