पर्यटन वर्ष २०११ को अवसर पारी बृहत र् याली सम्पन्न

– शोभाखर पन्थी

 

फाल्गुण-२० अर्घाखाँची । पर्यटन वर्ष २०११ को देशका प्रमुख शहरहरुमा रौनकता छाएकै समयमा अर्घाखाँची जिल्लामा पनि आजदेखि जन स्तरमै पर्यटन दिवसको चहल पहल सुरु भएको छ ।

 

 

 

पर्यटन वर्ष २०११ जिल्ला समन्वय समिती र उद्योग बाणिज्य संघ अर्घाखाँचीको संयुक्त आयोजनामा आज याँई-याँईति पाचैबाजा नाच गान विभिन्न झाँकी र हर्षोल्लासका साथ सदरमुकाम सन्धिखर्कमा र् याली सम्पन्न गरिएको छ । सन्धिखर्कको शान्ती बगैचाबाट सुरु भएको र् याली हल लाईन बस पार्क भक्तिटोल चुत्रावेसि शंखेटारी हुदै पुःन शान्ती बगैचामा आई विविध सास्कृतिक कार्यक्रममा परिणत भएको थियो ।

 

र् यालीमा सन्धिखर्क आसपासका सरकारी तथा निजी विद्यालयका छात्रछात्रा सरकारी कार्यालयका कर्मचारीहरु उद्योगी-व्यापारी लगायत ठूलो संख्यामा स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो । र् याली पछि आयोजना गरिएको नाचगान कार्यक्रममा स्थानीय बासिन्दाहरु पर्यटन वर्ष २०११ को अवसरमा आपसमा खुसी बाड्दै पाचैबाजाको तालमा छमछमी नाचेका थिए ।

 

 

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी लगायत जिल्ला स्थीत राजनीतिक दलका प्रमुख तथा नेताहरु एवं कार्यालय प्रमुखहरुको नाच साच्चै हेर्न लायक थियो ।

 

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरेमा अर्घाखाँचीमा पर्यटन व्यवसाय फस्टाउने बताए । यसै गरि समापनको अवसरमा मन्तव्य राख्दै उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जिल्लामा पर्यटन व्यवसायको राम्रो सम्भावना रहेको बताउँदै पर्यटन व्यवसायमा जोड दिन सरकारको ध्यानकर्षण गराएका थिए ।