भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले राष्ट्रपति भवनमा शुक्रबार दिउँसो पद तथा गोपनियताको सपथ लिए लगतै अर्घाखाँचीडट्कमलाई पहिलो विषेश अन्तर्वाता दिनु भएको छ।
मन्त्री रायमाझीले देशको वर्तवान परिस्थिती, सबिधान निर्माण एवम जिल्ला-देश बिकास, रोजगार, भौतिक-योजना लगायतका अनेकौ बिषयमा अर्घाखाँचीडट्कमलाई ४ मिनेट ४० सेकेन्डको छोटो अन्तर्वार्ता दिनुभएको थियो। उक्त अन्तर्वातालाई तल गएर सुन्न सकिनेछ।
टोपबहादुर रायमाझीको बारेमा
संविधानसभा-२०६४ मा प्रत्यक्ष निर्वाचन प्रणालीबाट अर्घाखाँची क्षेत्र नं. १ बाट १९ हजार ५८४ मत ल्याएर एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी)को तर्फबाट सभासद् चुनिनुभएका टोपबहादुर रायमाझी ‘अनिल’ माओवादी सचिवालय सदस्य एवं मधेस इन्चार्ज हुनुहुन्छ।
०३६ देखि राजनीतिमा लाग्नुभएका अनिल ०४६ मा छैठौंको अध्यक्ष, वाइसीएलको संस्थापक संयोजकसमेत हुनुहुन्छ। ०४७ मा बाबुराम भट्टराईसहित पार्टी एकता गर्दा उहाँ पनि आउनुभएको थियो। उहाँ ०५४ माओवादीको पोलिटब्युरो सदस्य हुनुभयो। उहाँ प्रवासमा दुई चोटि इन्चार्ज हुनुभयो भने संकटकालमा पश्चिमाञ्चल इन्चार्ज हुनुहुन्थ्यो।
विरोधीका आँखामा पनि नबिझाउने मृदु भाषी र राजनीतिमै जीवनका याम गुजारेकाले आफूलाई जिताएको बताउनुहुने अनिलका राज्यको पुनर्संरचनाको बारेमा माओवादीले अघि सारेका एजेण्डा नै आफूले संविधानमा सुनिश्चित गर्ने एजेण्डा हुन्। बीएस्सीसम्मको औपचारिक शिक्षा लिनुभएका अनिल तेकान्डोका ब्ल्याक बेल्ट पनि हुनुहुन्छ।
अर्घाखाँची २ खाँडामा ४६ वर्षअघि जन्मनुभएका अनिल २०४८ मा पनि संयुक्त जनमोर्चाको तर्फबाट प्रत्यासी हुनुहुन्थ्यो। वहाँका परिवारका सदस्य पनि माओवादीका पूर्णकालीन हुनुहुन्छ। उहाँकी श्रीमती योगमाया पनि माओवादी राज्य समितिकी सदस्य हुनुहुन्छ।