अमेरिकी राष्ट्रपति बाराक ओवामाद्वारा राष्ट्रिय सुरक्षा समूहसँग अफगाननिस्तान र पाकिस्तानको परिस्थितिबारे छलफल

अमेरिकी राष्ट्रपति बाराक ओवामाद्वारा आफ्नो राष्ट्रिय सुरक्षा समूहसँगको मासिक नियमित बैठकमा अफगाननिस्तान र पाकिस्तानको सुरक्षा परिस्थितिबारे छलफल गर्नुभएको छ। यस छलफलमा राष्ट्रपति श्री ओबामाले अफ्गानिस्तानले चालुवर्षको सुरुदेखि नै सुरक्षा जिम्मेवारी बहन गर्ने सङक्रमणकालीन अवधिको प्रक्रियाबारे पनि राय लिनुभएको छ।

              अमेरिकी ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिअनुसार, श्री ओबामा र उप- राष्ट्रपति जोइ बिडन, पेन्टागन प्रमुख रोबर्ट गेट्स तथा उहाँका राज्य सचिब श्रीमती हिलारी क्लिन्टनसमेतबाट गठित कार्यदलले अफगानिस्तानको सङ्क्रमणकालीन प्रकियामाथि गतवर्ष नेटोले लिस्वन बैठकमा पूर्ण रुपमा समर्थन गरेको विषयमा पुनरावलोकन गर्नेछ।

               यसवर्षको सुरुमा नै अफगानको सुरक्षा जिम्मा अफगानी फौजलाई दिइएको थियो। साथै गतवर्षको जूलाईदेखि नै अमेरिकी फौजको कटौति पनि सुरु भएको थियो। यो सङ्क्रमणकालीन अवधि सन् 2014 को अन्त्यबाट समाप्त हुने भएको छ।