काठमाडौँ – उपन्यासकार डायमनशमशेर राणाको अन्त्येष्टी पशुपति आर्यघाटमा भएको छ। अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म राखिएको थियो। ह्रदयाघातका कारण उनको ९४ वर्षको उमेरमा हिजो निधन भएको थियो।
सन्तोष शर्मा, काठमाडौं, फागुन २१- उपन्यासकार डायमनशमशेर राणाको शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको छ। मुटुरोग पीडित राणालाई मिर्गौलामा खराबी देखिएपछि मंगलबार नर्भिक अस्पताल भर्ना गरिएको थियो। दुई वर्षअघि हृदयाघात हुँदा डाक्टर भारत रावतको टोलीले एन्जिओप्लास्ट गरेको थियो।
कथानकलाई सुन्दर रूपले प्रस्तुत गर्ने राणाको कला, सिप र शैलीबाट आफू प्रभावित भएको उनले सुनाए। आफूलाई राणाको ‘सेतो बाघ’, ‘बसन्ती’ नै बढी मनपर्ने उनले उल्लेख गरे।
राणाको ‘धनको धब्बा’ बाहेक सबै कृति ऐतिहासिक विषयवस्तुका छन्। उनका उपन्यासले इतिहासलाई पुनर्निर्माण गर्ने काम गरेको समालोचकहरू बताउँछन्।
समालोचक नेत्र एटमका अनुसार उनका उपन्यासमा ऐतिहासिक दस्तावेजको उपस्थिति सशक्त हुन्छ र कल्पनाशीलताको प्रयोगले तिनलाई अलिकति पुनर्निर्माण गरिएको हुन्छ।
एटमका अनुसार उपन्यासकार राणाको राणाहरूप्रति सहानुभूति थियो। कुनै पनि उपन्यासमा उनी तीप्रति आक्रामक छैनन्। प्रजातान्त्रिक आचरण अपनाएका भए राणाहरूको बेहाल हुने थिएन भन्नेमा थिए डायमन। उनी आफैं पनि भन्थे