श्रीलङ्काका राष्ट्रपति माहिन्दा राजपाक्क्षेले लिबियामा सकेसम्म चाँडो शान्ति स्थापानाका लागि आह्वान् गर्नुभएको छ। उक्त कुरा श्रीलङ्काको राष्ट्रपतीय सञ्चार एकाइले गत शुक्रबार जनाएको हो।
लिबियाका नेता मुआमर गद्धाफीले श्रीलङ्काका राष्ट्रपति श्री राजपाक्क्षेलाई टेलिफोन गरेर आफ्नो देश लिबियाको परिस्थितिबारे अवगत गराउनुभएको छ।
उक्त टेलिफोन वार्तामा नेता राजपाक्क्षेले देशमा सकेसम्म छिटो शान्ति बहाली गर्न र लिबियाली जनताको सुरक्षाको ग्यारेन्टी गर्नका लागि उचित कदम चाल्न लिबियाली नेता गद्धाफीलाई आह्वान् गर्नुभएको छ।