लिवियाका कर्णेल गद्दाफीका समर्थक र विरोधबीच ठाउँ ठाउँमा झडप, दर्जनौंको मृत्यु


 

 

लिबियाका नेता कर्णेल गद्दाफीका समर्थक र विरोधीबीच लिबियाका विभिन्न शहरमा भिषण लडाइ भैरहेको छ। लिवियाको पूर्व क्षेत्रमा गद्दाफी विरोधीहरुको पकड रहेको हुनाले सो क्षेत्रलाई कब्जा गर्न गद्दाफीका सैनिकहरु संघर्षरत छन्। यसैविच लिवियाको दोस्रो ठूलो शहर बेनघाँजीमा २ वटा विष्फोट भएको बताइएको छ। विष्फोटका कारण कम्तीमा १७ जनाको मृत्यु भएको बताइएको छ।

 

विष्फोट गद्दाफीका सेनाले गरेको हवाइ आक्रमणका क्रममा नभएको विश्वास गरिएको छ। प्रत्यक्षदर्शीले गद्दाफी समर्थक र विरोधीबीच भएको संघर्षमा ५० भन्दा बढीको मृत्यु भएको जनाएका छन्। लिवियामा गद्दाफीलाई सत्ताबाट हटाउन भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि हजारौ विदेशी कामदार एवं आप्रवाशी सिमा क्षेत्रमा अलपत्र परेका छन्।