अमेरिकी व्हाइट हाउस कार्यालयका प्रमुख विलियम देलीले हिजो हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले अमेरिकी अर्थतन्त्रको पुन:रुत्थानमा दबाव ल्याएको यस अवस्थालाई कम पार्नका लागि अमेरिकाले रणनैतिक पेट्रोलको संचयको प्रयोग गर्ने विचार गरिरहेको जानकारी दिनु भएको छ।
हाल मध्य पूर्व र उत्तर अफ्रिकाको राजनैतिक परिस्थितिको कारणले अन्तर्राष्ट्रिय कच्चा तेलको भाउ लगातार रुपमा बढ्दै गएको छ। त्यसैगरी अमेरिका भित्र पनि पेट्रोलको मूल्य बढ्दै गएको छ। हालको मूल्य सन् 2008को जूलाई महिनाको सबभन्दा उच्च किर्तिमान नजिक पुगेको छ।
गत हप्ता अमेरिकी काँग्रेसले रणनैतिक पेट्रोलको संचयको प्रयोग गर्ने कुरालाई सामना गरिने उपायमध्येको एक बनाउन ओबामा सरकारलाई दबाव लगाएको थियो।