विश्व बैङ्कले बङ्गलादेशलाई चार करोड बीस लाख अमेरिकी डलरको थप रकम हाल काम भइरहेको नगर सेवा योजनालाई दिन स्वीकृत गरेको छ ।
विश्व बैङ्कले 170 वटा शहरको भौतिक पुर्वाधार तथा विकास गर्न थप रकम दिएको जनाएको छ । सो योजनाले 130 वटा नगरपालिकामा आवश्यक पानीको आपुर्ति तथा सडकबत्तीको व्यवस्था गर्ने र साथै सन् 1998,2004 र 2007मा बाढीले क्षति पुर्याएको 195 वटा नगरका विभिन्न क्षेत्रको निर्माण गर्ने छ ।
हाल बङ्गलादेश नगरपालिका बिकास कोष यस योजनानुसार काम गरिरहेको छ भने स्थानिय सरकारी ईञ्जिनियरिङ्ग विभागले यो थप रकम प्राप्त भएलगत्तै काम गर्ने जनाएको छ ।