लीबियामा कर्णेल गद्दाफ़ीका वफ़ादार सेनाद्वारा हवाई हमलाहरु जारी, कैयौ क्षेत्रमा पुन: कब्जा, अहिले दुबै पक्षबीच भिषण भीडन्त जारी


 

लीबियामा कर्णेल गद्दाफ़ी समर्थक सेना प्रमुख तेल उत्पादक शहर रास लानुफ़मा अगाडि बढीरहेको छ भने हवाई हमलाहरु जारी राखेको छ। साथै गद्दाफी सेनाको जारी आक्रमण सँगै विद्रोहीहरु पछि हटिरहेका छन ।

 

रास लानुफ़बाट करिव ६० किलोमिटर टाढा स्थित बिन जवाद क़स्बा गद्दाफ़ीका वफ़ादार सैनिकको कब्जामा आएको छ ।

 

साथै समाचार अनुसार गद्दाफ़ी समर्थक सेनाले सोमवार अवेरा रास लानुफ़ माथि हवाई हमला गरेका छन।

 

मोख़्तार दोबरुग नामका एक विद्रोही लड़ाकुले रॉयटर्स समाचार सस्थालाई बताए अनुसार “एक हवाई जहाज़ आएको र दुई रॉकेट बम प्रहार गरेको तर उक्त हमलामा कोही पनि हाताहात भएनन।

 


 

यसैगरी लिवियाका प्रमुख शरहरुमा नेता कर्णेल गद्दाफीका समर्थक सैनिक र प्रदर्शनकारीबीच भिडन्त जारी रहेपछि संयुक्त राष्ट्र संघले भीडन्त प्रभावित शहरहरुमा आपतकालिन सहयोग पुर्‍याउनको लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ।

 

अहिले मिस्रात शहरमा दुबै पक्षबीच भिषण भीडन्त जारी छ। सो शहरमा मानविय सहायताको खाँचो रहेको भन्दै संयुक्त राष्ट्र संघले तुरुन्त मानविय सहायता पुर्‍याउन अन्तरराष्ट्रिय समुदायसमक्ष आग्रह गरेको छ। लिवियामा भीडन्तमा परी हालसम्म सयौको मृत्यु भएको बताइएता पनि मर्नेहरुको एकिन तथ्यांक अझै सार्वजनिक हुन सकेको छैन।

 

दुवै पक्षले तेल उत्पादन हुने शहरहरुलाइ आफ्नो नियन्त्रणमा लिनको लागि भिषण संघर्ष गरिरहेको बताइएको छ।

 

 Libya: rebels flee Ras Lanuf after advance by Gaddafi troops

 

लिवियामा सरकार विरोधी लडाकूहरुले कब्जामा लिएका आठ जना बेलायती नागरिक मुक्त

 

लिवियाको सरकार विरोधी लडाकूहरुले कब्जामा लिएका आठ जना बेलायती नागरिकलाइ मुक्त भएका छन्। कब्जामा परेका बेलायती नागरिक बेलायती विषेश फौजको सदस्यहरु रहेको बताइएको छ। उनीहरु सवैलाइ राजधानी टि्रपोलीबाहिरको इलाकाबाट मुक्त गरिएको छ।

 

मुक्त बेलायतीहरुलाइ बेलायती नौ सैनिक पानी जहाजले सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ। बेलायतको विदेश मन्त्रि विलियम हगले सो घटनाको पुष्टि गर्दै सवै बेलायतीहरुले लिविया छाडिसकेको बताइएको छ।

 

हाल बेलायती सेनाको विषेश फौजले एकातिर लिविया प्रवेश गरी आफ्ना नागरिकको उद्धार अभियानलाइ तिव्र बनाएको छ भने अर्कोतिर लिवियाको राजनैतिक गतिरोधलाइ पनि नजिकबाट नियालिरहेको छ।