झलनाथलाई सम्भावना र चुनौतीको बिचमा वलियो साथ माओवादीको


 

– श्याम परियार
  -चितवन
हाल संयुक्त अरब एमिरेट्स(यूएई)-आबुधाबी 


संविधान बनाउने समय सकिन लाग्दा यतीबेला नेपाली जनतामा केहि नया हुन्छकी भन्ने आशा जागेको छ|यो आशा जगाउनलाई प्रचण्डले आफ्नो पार्टी भित्रको त्यति ठुलो विवादलाई पनि मिलाएर झलनाथलाई सात बुदे सहमतिका आधारमा विश्वास गरेका छन्| जनतामा छाएको निरासा र नेताप्रति बढेको जनताको अविस्वासका साथै नेताप्रति बढेको जनताको रिसको आवेग अनि देशी-बिदेशी शक्तिको चलखेललाई समेत झापड हान्दै नेपालमा नेताहरुको ईज्जत बचाउने राजनैतिक कमाण्डर साबित गरेका छन् प्रचण्डले आफुलाई|यतीबेला आफ्नै कार्यकर्ता बाट झापड खाएको टाउकोलाई प्रधान मन्त्रीको जिम्मेवारी सुम्पिदै निराशाबाट आशलाग्दो र बिषेश रुपमा जनतालाई सान्त्वना दिन संजोगले जनताले झापड हानेका झलनाथलाई नै यो सबै  सम्भावना र चुनौतीको बिचमा बलियो साथ दिदै प्रचण्डले बागडोर सुम्पिनेकाम गरेका छन् (कमरेड?)झलनाथलाई| 


अब खुट्टा नकपाई कन उभिने र सातबुदे सहमतिलाई कार्यन्वयन गर्नु पर्ने पालो झलनाथको हो|किन कि इतिहासले उनलाई कमरेड प्रचण्डको पहलमा  माओबादीको ठुलो शक्ति सहित देश र जनताको पक्षमा कामगर्ने मौका दिएको छ|तिमि हिम्मत मात्रै गर,तिमीलाई सिङ्गो नेपाली देशभक्तहरुले साथ दिनेछ|तिमीलाई कुनै पनि बिदेशीको सामु झुक्नु पर्ने छैन|किन कि तिमि कुनै बिदेशिको हार-गुहारमा नभै नेपाली जनताको सार्वभौम संविधान सभाको सबैभन्दा ठुलो दल माओवादीको दरो साथ पाएर उभिएका छौ तिमी|कम्तिमा पनि तिमिले तिम्रो पार्टी भित्रको कांग्रेसको झड्केलो छोरो बनेर गर्भ धारण गर्दै गएको भारतको इसारामा नाच्ने के.पी. र माधब को गठबन्धन संग मात्रै लडेर जीते पुग्छ|

 

तर तिमीले पनि जुन सुकै मूल्य चुकाएर भएपनि जित्नै पर्छ|बाकी काम सातबुदे लागुगर्दै जाउ,अनि गृहमा सम्झौता बमोजीम ऐ.ने.क.पा.माओबादीलाई चुन्न ढिला नगर,अनि रक्षा मन्त्रीमा यो सबै वामपन्थी धुर्बिकरणमा बिशेष भूमिका खेल्ने र लामो अनुभवका धनि बामदेब जीलाई नियुक्ति गर,अनि शान्ति प्रकृयाको सेना समायोजन र सविंधान लाई जनताको पक्षमा लेखेर बलियोसंग नेपाली जनताले चाहे जसरि र समयमा नै सातबुदेलाई कार्यन्वयन गर्दै जाऊ|नेपाली सेनामा जन-सेनालाई सम्मान जनक तरिकाले समायोजन र पुरानो साहीसेनाको संरचनामा लोकतान्त्रिक कारणको प्रकृयालाई कार्यन्वयन गर्न यती बेला पनि तिमीले खुट्टा कपायौ र जनताले भने बमोजिम काम गर्न सकेनौ भने तिम्रो राजनैतिक जीवन नै संकटमा पर्छ भन्नेकुरा लेखेर राखे हुन्छ|


त्यतिबेला फेरी प्रचण्डले पनि तिमीलाई बचाउन त के सहानुभुती पनि दिन सक्ने छैनन् भने नेपाली जनता संग तिमीले वहाना बनाउने ठाउँ पनि रहने छैन|त्यतिबेला तिमीले जिन्दगीमा राजनीति नै गर्न छाडिदिए हुन्छ|ईतिहासमा कम मान्छेलाई मात्रै यो मौका मिल्छ त्यो भाग्यमानी नेता तिमि बन्न पुगेका छौ|नेपाललाई स्वाभिमानी नेपाल बनाउने र नेपालीको भाग्यको रेखा कोर्ने जिम्मा तिमीलाई बलियो काधको सहारामा यो राजनैतिक खिचातानीले पोल्टामा पारिदिएको छ ।


ईतिहासमा ६ इन्च छोटो पार्ने आन्दोलनको वलीदानीपूर्ण क्रान्तिको हिम्मत गर्ने तिम्रो त्यो साहसलाई यस् पटक जगाउने कोसिस गर|ति झापा विद्रोहका सहिदको रगतको बोझ कम्ती गर्ने र ति सबै सहिदहरुको सपनालाई पुरा गर्ने मौका मिलेको छ तिमीलाई|यस पटक तिमि जनताको पक्षमा  कामगर्न असफल भयेउ भने सिङ्गो मुलुकले फेरी रगतमा नुहाउनु पर्ने छ।


अब जनता जागी सकेका छन । चुप लागेर निरिह बस्ने वाला छैनन।बेलैमा विचार गर र सकेको बुद्दी र हिम्मत सहित पार्टी भित्रका साना तिना बोका जो जनबिरोधि छन् तिनको तिनको बलिदान देश र जनताको लागि दिएरै भएपनि इतिहासलाई जनताको पक्षमा लेख्ने साहस गर अब कति जनताको मात्रै बलिदिने अब तिमीले सुरु गर केहि यथास्थिति बादीको बलि दिएर भएपनि महान कामको सुरुवात गर|


१० औ हजार सहिदको रगतले प्राप्त गरेको यो उपलब्धिलाई अब तिमीले लिपिबद्द गर्न रोएर,डराएर कदापी सम्भब छैन|अब फेरी अर्को रगतको खोलो बगाउनु नपरोस भन्नका लागि पनि यस् पटक तिमीले सातबुदे लाई कार्यन्वयन गर्नै पर्छ|किनकि यो सात बुदे सहमति प्रचण्डको नेत्रित्व र नाममा गरेपनि त्यो एतिहासिक नेपाली जनताले चाहेको परिवर्तनको प्रतिबद्दता हो। यदी तिमीले कुनै दबाबमा प्रधानमन्त्रि बन्नलाई मात्रै पनि कुनै सम्झौता को हिलोमा भासियौ भने विद्रोहको आधि सुनामी बनेर चल्ने वाला छ।


त्यसैले अब तिमीले गर्ने ठिक वा बेठिक निर्णयले या त जनताको इतिहासले तिमीलाई युगौ युग सम्झी रहने छ या तिमीलाई पनि सबै जनविरोधीहरुसंगै बडार्ने छ|यो फैसला गर्ने समय हो यदी तिम्रो बिचमा बस्ने र चोखो हुन खोज्ने पुरानो कमजोरी देखा पर्यो भने सायद फेरी अर्को निराशा छाउने छ आम सबै लाई|शान्ति प्रेमी नेपाली जनताको उत्साहमा र ईतिहासमा अर्को विद्रोहको मजबुरी थोपर्ने छ|बेलैमा होस् पुर्याउने र राष्ट्रको अग्रगमनको आबश्यकतालाई सम्बोधन गर्न तिमीले सातबुदेलाई कार्यन्वायन गर्ने साहस गर मौका आउछ पर्खदैन|


तर तिम्रो प्रधानमन्त्रि बनेर बालुवाटार प्रवेश संगै हामीलाई निराश पार्न सुरु गरि सकेका छौ|सबैले आखा लगाएकै थिए तिमीले पक्कै एउटा कम्युनिस्ट पार्टीको नेताको हैसियत ले सम्पूर्ण नेपाली को प्रधानमन्त्रि बन्छौ भन्ने आशा पनि मरेको थिएन हामीमा |बडो बर्गीय आधारमा संसारलाई चिन्ने तिम्रो मार्क्सवादको गफ कम्युनिस्ट पार्टीको अध्यक्ष भएर देखिएको तिम्रो शामन्ती सस्कारको प्रदशनले अब तिमि सबै नेपालीको नेता वा कम्युनिस्ट हो भन्ने हक गुमाएका छौ|कति मान्छे त खुसि भए होलान तिमीले पुजा-आजा गरेर मन्त्री निवास प्रवेश गरेकोमा। शायद तिमीलाई पनि लागेको होला ग्रह दशा फालेर कसैको पनि आखा नलाग्ने बडो बलियो,लामो समय सम्म मन्त्रि बन्छु भन्ने|

 

मन्त्र पढेर तिमि त्यो कुर्चीमा बस्न त गयौ तर तिमीले तिमीलाई कस्ले प्रधानमन्त्रि बनायो र के के काम गरेर तिमि नेपाली जनताको आखामा,मनमा हुदै कुर्चीमा बस्ने वा जनताको बिरोधीलाई साथ दिएर माधव नेपाल जस्तो नपुसकं प्रधान मन्त्रि बन्ने?तिमि आफै निर्णय गर|एउटा कम्युनिस्ट वर्गिय आधारमा संसार भरिका शोषितहरुको साथलाई बिर्सिएर विभिन्न जाति/धर्म मान्ने सबै नेपालीको सम्मान पाउने अवसरलाई भने तिमीले गुमाएछौ|

 

लामो हिन्दु सस्कारले पुरिएका तिमीमा त्यो पनि तिमीलाई ठुलो बनाई रहने ब्रामणको दर्जा दिएको हिन्दु कुसस्कारसंग तिमीले गरेको आत्मसमर्पणले लाखौ दलित,जाति-जनजाती,मधेसी,थारु,भोटे र यो जातीय प्रथाका कारण हेपिएका नेपालीहरुको स्वाभिमानमा मलम लगाउने र चलन-चल्ती को कुसस्कारमा परिवर्तन गर्ने हिम्मत गर्न सक्छौ भन्ने ठान्नु नै मेरो गल्ति हो तर पनि ईतिहासले संसारमा माओत्सेतुंगलाई पनि हाम्रो जस्तै कुसस्कारको समाज बाटै जन्म दिएको थियो भन्ने सोच हो मेरो|तर त्यस्तो महान नेता को उचाई र मानब सभ्यतामा दिएको उनको जस्तो समर्पण को आशा तिमीबाट खोज्नु पनि मेरो र म जस्ता सोचहरुको भ्रम मात्रै हो भन्ने नै साबित गरी देखायौ धन्यवाद।


अबत कम्तिमा हाम्राति नेपालीजनताहरु जो कति त तिमीलाई त्यही रुपको नेता पनि ठान्थे होलान उनिहरु पनि म जस्तै छर्लंग हुने मौका पाएका छन् तिम्रो कम्युनिस्ट को मुकुण्डो सास्कृतिक रुपमा  उतारेर|त्यो पनि तिमि प्रधानमन्त्रि बनेपछि खुलेको पर्दा भित्रको तिम्रो रुप त भयो नि हैन र ? कि अझैपनि पछि लग्नेहो यिनै नेताको?सोच्ने काम ब्राह्मणबादी जातीय सस्कारका कारण मान्छेको दर्जा नपाएका ति सस्कृतिले बनाईएका लाखौ  दलितहरुको हो,लाखौ जन-जातिहरुको हो अनि लाखौ मुस्लिम लगायत गैर हिन्दुहरुको हो जो आम नागरिक भएर मान्छेको  रुपमा आफ्नो सम्मान देशमा होस् भनेर सबै नेपालीको साझा र स्वतन्त्र नेपाल अनि सबै जनताको  प्रधानमन्त्रि चाहन्छन |
 
तर पनि कुरो अस्थिर राजनीतिको भएकोले विभिन्न  जात, जाति र केहि धार्मिक समुदायलाई धोका दिएपनि कम्तिमा पनि यो राजनैतिक राजनैतिक गतिरोध फुकाउनलाई तिमिले बेइमानी नगर्नु ल ?जनता र देशलाई !सास्कृतिक रुपमा धोका दिएपनि प्रधानमन्त्रि बनिरहेर राजनैतिक पहुचमा रहनकोलागि पनि जनतालाई तिमीले यस् पटक देखाउन पर्छ केहि गर्नै पर्छ। माधब नेपाल भन्दा फरक देखाउन नै भएपनि पनि कम्तिमा शान्ति  प्रकृयालाई १२बुदे सहमतिको आशय बमोजिम सेना समायोजन पुरा गर्ने र समयमा नै संविधानको घोषणा गर्ने ठुलो अवसर पाएका छौ ,माधब नेपाल ले जस्तै फोटो मात्रै टास्ने प्रधानमन्त्रि नबन्नु ल ?बेलैमा चेतना भया !हामिले भन्या कुरा पनि सुन्या !!यो &#2347