यसै पाली


भिम बहादुर बस्नेत
अर्घाखाँची ,नेपाल 
——————–   

                          
ए काली
दाई की साली

घुम्न जाउँ न   
दक्षिण काली
लान्छु यसै पाली

ए काली
जोर बत्ती बाली
हातमा पूजाको थाली
लियर घुमौला देउराली
यसै पाली


ए काली


म त अर्घाली
जान्न  खाली
घर भित्र्याउँला


सिन्दुर हाली
यसै पाली


ए काली
ओठमा लाली
सिउँदोमा सिन्दुर
लगाउली
चट्ट परी दुबै जना
जाउँला ससुराली
यसै पाली
                                २४ फाल्गुन २०६७