इजिप्टको नयाँ सरकारद्बारा शपथ ग्रहण

प्रधान मन्त्री इस्साम शराफको नेतृत्वमा रहेको इजिप्टको नव सरकारले सशस्त्र सेनाका सर्वोच्च समितिका अध्यक्ष मोहमद तन्तवीसमक्ष पद सम्हाल्न शपथ ग्रहण गरेको छ ।

          उक्त नयाँ मन्त्री मण्डलमा श्री नविल अल अरबीले विदेश मन्त्रीको पद सम्हाल्नु भएको छ। श्री अरबीले अन्तर्राष्ट्रिय अदालत, संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय कानून समिति आदि संस्थामा काम गर्नुभएको थियो। उहाँ पहिले संयुक्त राष्ट्र संघस्थित इजिप्टका स्थायी प्रतिनिधि पनि हुनुहुन्थ्यो।

          शपथ ग्रहण समारोहपछि श्री तन्तवीले श्री शराफको नेतृत्वमा रहेको मन्त्री मण्डलका सबै सदस्यहरुसँग वार्तालाप गर्दै हाल इजिप्टका सामु देखा परिरहेको निर्णायात्मक चुनौतिबारे छलफल गर्नुभएको थियो र त्यसका साथै सुरक्षा र स्थीरताको पुनर्स्थापना गर्ने तथा विभिन्न व्यवसायहरुको उत्पादन गर्ने जस्ता विषयहरुमा पनि वार्तालाप भएको थियो।